१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

यस्तो छ रवीन्द्र अधिकारीको अन्तिम सम्बोधन (पूर्णपाठ सहित)

तेह्थुमको चुनावडाँडामा सम्बोधन गर्दै रवीन्द्र अधिकारी। तश्विर सौजन्य : अमृत बास्तोला

पाँचथर -हेलिकप्टर दुर्घटनामा परि निधन भएका पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारीको  तेह्थुमको आठराई गाँउपालिकाको चुनवानडाँडामा भएको कार्यक्रम नै अन्तिम बन्यो। प्रस्तावित विमास्थलको स्थलगत अवलोकनका क्रममा उनीसहितको टोली चुनावडाँडा आईपुगेको थियो। उनले त्यहाँ हवाई मैदान बनाउनेदेखि देशको समृद्धिका बारे आफ्नो सम्बोधनमा राखेका थिए। यस्तो थियो रवीन्द्र अधिकारीको अन्तिम सम्बोधन :

अहिले हामी एयरर्पोटको सन्दर्भ चलाउन हैन बनाउन आएका छौं। मेरो साथमा चुहाननडाँडा एयरपोर्टको   नक्सा, स्टीमेट सबै छ। पहिला २९ करोड भने पनि अहिले हाम्रो ८७ करोड खर्च हुने स्टिमेट रहेको छ यहाँ निर्माण गर्नको लागि। म यति बेला दुईवटा सन्दर्भमात्र बताउन चाहान्छु। बर्तमान सरकार बनिसके पछि मुलुकको आर्थिक विकास र समृद्धिको यात्रालाई सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरिरहनु भएको छ। हामी त्यो मन्त्रीमण्डलमा उहाँको नेतृत्वमा काम गरिरहेका छौं। यो ठाँउ उहाँको जन्मस्थल भएका कारणले मात्र होइन, यो ठाउँ यस क्षेत्रको  उपर्युक्त ठाँउ भएकाले पनि हामीले यो ठाउँमा एयरपोर्ट बनाउने सन्दर्भमा छलफल गर्‍यौं।

दोश्रो कुरा पानी परेको छ। मौसम खराब भएको छ। हामी काठमाडौं फर्कनु पर्ने छ। सरकार अहिले आफ्ना कामहरुलाई अगाडि बढाइरहेको छ। तर सँधै अस्थिरताले फाइदा लिएकाहरु, मुलुकको अव्यवस्थाबाट फाइदा लिएकाहरु मुलुकलाई विकास र संमृद्धिको यात्रामा अगाडि जान नदिनेहरु आत्तिएका छन्। केहि भएन केहि भएन भन्दै कराइ रहेका छन्।

 सम्माननीय प्रधानमन्त्रीज्यूले हामीलाई भन्नु भो त्यसको सन्दर्भमा के कस्तो लाग्छ? त्यसको सबै डिटेल अध्ययन गर्नुस्। अघिल्लो अध्ययनको अधारमा हामीले फेरी अध्ययन गर्‍यौं। अध्ययन गर्दा खेरी आज हामी नक्सा र सबै सहित एउटा अध्ययन पुरा गरिसकेपछि सम्माननीय प्रधानमन्त्रीज्यूले अरु होइन पर्यटन मन्त्रीआफै गएर चुहानडाँडा हेरेर आउनुहोस भन्नु भयो। त्यस पछि त्यो अध्ययन पछाडि आज हामी यो ठाँउको स्थलगत अध्ययनको लागी आएका छौं। र स्थलगत अध्ययन यतिकै हेर्दा पनि अरु स्टडी अरु अध्ययनले त बताइरहेको छ। यतिकै यहाँ एयरपोर्ट बनाउनको लागी उपयुक्त छ। किन भने यहाँ केहिले छेक्दैन। त्यस्तो ठाँउमा यो भएकाले सबै हिसाबले यो उपर्युक्त हुन्छ भन्ने हामीले ठानेका छौं। यस अर्थमा म तपाँइहरुलाई भन्न चाहान्छु, सम्माननीय प्रधानमन्त्रीज्यूको सन्देश पनि भन्न चाहान्छु। र सरकार यो ठाँउमा एयरपोर्ट बनाउन प्रतिबद्ध छ। त्यस कारण हामी त्यसलाई अगाडि बढाउन हामी तपाईहरु माझ आएका छौं। तपाईहरुको साथ छ, सबै मिलेर हामी यो कामलाई अगाडि बढाउने छौं।

दोश्रो कुरा पानी परेको छ। मौसम खराब भएको छ। हामी काठमाडौं फर्कनु पर्ने छ। सरकार अहिले आफ्ना कामहरुलाई अगाडि बढाइरहेको छ। तर सँधै अस्थिरताले फाइदा लिएकाहरु, मुलुकको अव्यवस्थाबाट फाइदा लिएकाहरु मुलुकलाई विकास र संमृद्धिको यात्रामा अगाडि जान नदिनेहरु आत्तिएका छन्। केहि भएन केहि भएन भन्दै कराइ रहेका छन्। तर म भन्न चाहान्छु अहिले वर्तमान सरकार निर्माण भए पछाडि मुलुकको आर्थिक विकास र समृद्धिको यात्रामा उल्लेख्य कामहरु भएका छन्। स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार तीनवटै सरकारको समन्वय तीनवटै सरकारको सञ्चालन तीनवटै सरकारको संगाठात्मक व्यवस्थापन तीनवटै सरकारको कानुनी व्यवस्थाहरु सबै हामी बनाएर जनताले निर्वाचित गरेका सरकार हुन्। तीनवटै सरकारले राष्ट्र र जनताको काम गरिरहेका छन्। परिणामहरु देखिरहेका छन्। अझै हामी प्रभावकारी ढंगले काम गर्नु पर्ने छ। यस कारण म के भन्नचाहान्छु भने काम भएको छैन, केहि भएको छैन भनेर हल्ला गर्नेहरु छन्। म यति भन्न  चाहान्छु किन तिनिहरु हल्ला गरिरहेकाछन् भने यो सरकारले काम गरिरहेको छ, काम गरीरहेको छैन भनेर अफबाह फैलाउन यो हल्ला गरिरहेका छन्। म भन्नचाहान्छु यो ठाँउमा मध्यपहाडी लोकमार्गको काम प्रभावकारी ढंगले अघि बढिरहेको छ। हामी यहाँ एयरपोर्ट बनाउँदै छौं। देश भरीका एयरपोर्टहरुलाई सुधार गर्दैछौं। अन्तराष्ट्रिय विमानस्थलहरु निर्माण गरीरहेका छौं। र संगसगै यो देशका ठूलाठूला पुर्वाधारहरुका चाहे जलविद्युत होस, चाहे रोजगारीका अरु कार्यक्रमहोस आर्थिक विकासकाकुराहरु होस, आर्थीक बृद्धिदर बढाउने कुराहरु होस, उत्पादन बढाउने कुरा होस। सबै क्षेत्रमाका बढेको छ। शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम बढेको छ। यस हिसाबले स्थानीय सरकारले पनि प्रभावकारी ढंगले काम गरिरहेको छ। प्रदेश सरकारले गरेको छ, संघीय सरकारले गरेको छ। अब मुलुकको आर्थिक विकास र समबृद्धिलाई कसैले रोक्न सक्दैन। कसैको गफले रोक्न सक्दैन। कसैको अबरोधले रोक्न सक्दैन। यो दिशामा हामी अगाडि बढ्छौं यो सरकारको संदेश हो, यो सरकारको प्रतिबद्धता हो।

म यति कुरा तपाईहरुसँग राख्न चाहान्छु। यहाँ आउँदा तपाईहरुले स्वागत गर्नु भयो त्यसको लागी म धन्याबाद दिन चाहान्छु। तपाँइहरुले चासो व्यक्त गर्नु भएको छ त्यसमा म एकदमै धन्यबाद दिन चाहान्छु। र, अन्तीममा अब हामी के गछौं भने आजको अध्ययन पछाडिको अब म प्रकृया बताउँछु। तपाईहरुले फलोअप गर्नु होला। अब वातावरणीय प्रभाव मूल्याङकन गर्नु पर्दछ। जुन रिर्पोट बनेको छ। अब वातावरणीय प्रभाव मूल्याङकन गर्ने प्रकृया अगाडि बढाउनु पर्छ। एक हप्ता भित्र हामी यो प्रकृया अगाडि बढाउँछौं। त्यस पछि यो ठाउँ कति लिने हो त्यसको सबै मूल्याङकन गरेर जग्गा अधिकरण गर्ने प्रकृयामा हामी जान्छौं। जग्गाअधिरण गर्ने प्रकृयामा चाँही यहाँको जिल्ला प्रशासनले त सहयोग गर्ने नै छ, गाँउपालीका र तपाईहरु सबै साथीहरुले सहयोग गर्नु हुनेछ। हामीले यहाँको जग्गा अधिकरण  गर्दा यहाँको जनताको जग्गाको जती मूल्य पर्ने हो त्यो भन्दा कम दिदैनौँ। जति मूल्य पर्ने हो तेति दिन्छौँ। बढि पनि दिदैनौँ। कति मूल्य पर्ने हो त्यो भन्दा कम दिदैनौ र बढि पनि दिदैनौ। जग्गा सरकारले किन्छ र त्यो पैसाले तपाईहरुलाई अन्य व्यवस्थापन गर्नु पर्छ। अनि हामी यहाँ एयर्पोर्ट बनाउने कुरा सुरु गछौं। जब वातावरणीय  प्रभाव मूल्याङकन    अनि जग्गा अघिकरण गर्ने काम सुरु भइसके पछि डिटेल डिपिआरको आधारमा कन्ट्याक प्रकृयामा जान्छौँ होइन त धुब्र जी (मञ्चमा  रहेका इन्जीनियरलाई सोध्छन)।  मैले त यहाँ भाषण गर्ने हो काम गर्ने साथीहरु यहाँ छन्। उहाँहरु लाई साक्षी राखेर अगाडि बड्ने हो।

त्यस पछाडी ठेक्का पक्रियामा जान्छौ।  त्यस पछि तीन बर्ष लाग्छ भन्नु भाको छ म दुई बर्षमा सक्नु पर्छ भन्ने पक्षमा छु। जे होस दुई देखि तीन बर्षका वीचमा यहाँको काम सम्पन्न गर्छौं। म तपाईहरुलाई बताउन चाहान्छु। अहिले हामीले  देशभरमा ३४ बटा विमानस्थलालाई सञ्चालनमा ल्यायौ। एयरपोर्टहरु बन्द भएका थिए। पूर्वतीरका पनि बन्द  थिए। चाहे भोजपुरको भन्नुस। अहिले हामी देशभरका एयरपोर्ट संञ्चालमा ल्याएका छौ। यो एयरपोर्ट पनि निर्माण पछि सञ्चालनमा आउने छ। यहाँबाट विराटनगर, काठमाडौंको बाटो हुने गरी सञ्चालन गर्ने छौ। सरकारको तर्फबाट यहि प्रतिवद्धता व्यक्त गर्दछु। ढुक्क हुनुहोस। तपाईहरु यहाँको व्यवस्थापनमा सहयोग गर्नुस् भन्दै म बिदा हुन चाहान्छु।

 

प्रकाशित: १६ फाल्गुन २०७५ ०७:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App