१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतले लियो पुलवामा घटनाको बदला, पाकिस्तानमा छिरेर बर्सायाे एक हजार किलो बम

काठमाडाैँ  - भारतीय वायुसेनाले पाकिस्तानमा रहेको आतकवादी संगठन विरुद्ध ठूलो कारवाही गरेको छ।भारतकाे प्रशासित जम्मु काश्मिरको पुलवामा भएकाे हमलाको १२ दिनपछि सेनाले बदला लिने तवरले ठुलाे कारवाही गरेको हाे।

भारतीय संचारमाध्यमका अनुसार सेनाद्वारा १२ वटा मिराज विमानले एक हजार किलो बम बर्साएर ३ सय भन्दा बढी आतंककारीमाथि धावा बाेलेकाे छ। ठुलो मात्रमा एकै पटक  सेनाले बम बर्साएरपछि कैयाैँ आतंककारी क्याम्प नै ध्वस्त भएका छन्।  मंगलबार बिहान करिब साढे तीन बजे १२ ओटा मिराज–२००० लडाकू विमानले नियन्त्रण रेखा (एलओसी) पार गरी पाकिस्तानमा रहेको आतंककारीको अखाडालाई ध्वस्त पारेको हो।  ‘बालाकोट, चकोटी, मुजफ्फराबादमा जैशका इलाका ध्वस्त भएको भारतीय संचारमाध्यम एबीपीले जनाएको छ।  बालाकोट पाकिस्तानको प्रान्त खैबर पख्तूनख्वाहमा अवस्थित छ।  

यसअघि नै पुलवामा भएको घटना केही वर्षयताकै सबैभन्दा घातक भएको भन्दै भारतले बदला लिने बताएको थियो। पुलवामा घटनापछि भारतीय पूर्व सेना प्रमुख एवं केंद्रीय मन्त्री जनरल वीके सिंहले बहादुर सुरक्षाकर्मीको रगतको थोपा थोपाको बदला लिइ छाड्ने भनी ट्विट गरेका थिए। कायरतापूर्ण आक्रमणको निन्दा गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत त्यसमा संलग्नहरूलाई नछोड्ने बताएका थिए। छुट्टी मनाएर डियुटीमा फर्कदै गरेका करिब दुई हजार ५०० सुरक्षाकर्मी लिएर गइरहेका ७८ ओटा सवारी साधनलाई लक्षित गरी विस्फोटक पदार्थले भरिएको एक भ्यानले फेब्रुअरी १४ तारिखमा  आत्मघाती आक्रमण गरेको थियो।  उक्त आक्रमणमा परी करिब ४४ जना सैनिकले ज्यान गुमाएका थिए। 

स्थानीय सञ्चार माध्यमका अनुसार यस आक्रमणको जैस ए–मोहम्मद इस्लामिक समूहले जिम्मेवारी लिएको छ।  सैनिक सवार साधनमाथि स्थानीय लडाकू आदिल अहमदले आत्मघाती आक्रमण गरेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्। सन् १९४७ मा बेलायतबाट स्वतन्त्र भएपछि काश्मिरलाई भारत र पाकिस्तानतर्फ विभक्त गरिएको थियो।  आणविक हतियार भएका भारत र पाकिस्तानबीच काश्मिरको विषयलाई लिएर तीन पटक युद्ध भइसकेको छ। मसुद अजहरको नेतृत्वमा रहेको जैस ए–मोहम्मद आतङ्ककारी समूहलाई पाकिस्तानले पूर्णरुपमा स्वतन्त्रता दिएको र पाकिस्तानको नै नियन्त्रणमा रहेकाे हुँदा यसले आतंकी गर्ने काममा बढावा पाइरहेको भारतको दाबी छ। 

प्रकाशित: १४ फाल्गुन २०७५ ०६:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App