१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

उपत्यकाका सडकमा चढ्न सकिएला साइकल ?

काठमाडौं महानगरले भएका साइकल लेनलाई पनि प्रयोगमा ल्याउन सकिरहेको छैन। साइकल प्रयोगकर्ता लागि बनाएका साइकल लेन ठूला सवारी र फुटपाथ व्यापारीले ओगटिरहेका छन्। महानगर र ट्राफिक प्रहरीले लेनको परिपालना गराउन नसक्दा साइकलयात्रीहरू सहरमा साइकल चढ्न डर मानिरहेको अवस्था देखिन्छ। यसकारण पनि बबरमहल–माइतीघर, शान्तिनगर–बानेश्वर, एयरपोर्ट–कोटेश्वरलगायत क्षेत्रमा बनाइएका साइकल लेन प्रयोगविहिन भएका हुन्।

त्यति हुँदाहुँदै महानगरले अहिले बिना अध्ययन ठमेल क्षेत्रमा नयाँ साइकल लेन तोकी ‘साइकल सिटी’ बनाउन खोजिरहेको छ। त्यसको प्रस्ताव अघि बढिसकेको महानगरले जनाएको छ। तर, ठमेलमा साइकल लेन राख्नु हुन्न भन्ने विषयमा साइकल यात्री तथा सहरी विकासविद्को चौतर्फी विरोध छ। त्यसको बेवास्ता गर्दै मेयर विद्यासुन्दर शाक्यले प्रस्ताव अघि बढाइरहेको उनीहरूको आरोप छ।  ‘ठमेल हिँडेर आनन्द लिने सानो क्षेत्र हो, यस्तो कोचाकोच क्षेत्रमा साइकल चलाउन दिएर हुँदैन,’ साइकलयात्री उशा तितिक्षुले भनिन्, ‘महानगरको यो अनावश्यक काम हो, यदि ठूला सडकमा साइकल लेनलाई व्यवस्थित गरी साइकलमैत्री सहर बनाउने हो भने त्यसले फाइदा पुर्‍याउने छ, यसतर्फ ठूला निकायले चासो दिइरहेका छैनन्।’ उनले साइकल यात्राका लागि उपत्यकाका सडक कालजस्तै भएको बताइन्।

‘साइकल यात्रीका लागि काठमाडौं उपत्यकामा सडक कालजस्तै छन्। साइकल लेनविहिन सडकमा खाल्डाखुल्डी मात्रै देखिन्छ। सुरक्षित साइकल लेन, पथ, ट्रयाक पर्याप्त नभएका कारण साइकल संस्कृतिको विकास हुन नसकेको साइकल यात्रीको भनाई छ।’

साइकल लेनको अत्यावश्यक ठाउँ मानिएको काठमाडौं महानगरले त्यसतर्फ चासो नदिए पनि ललितपुर महानगरले भने व्यवस्थित साइकल सडकको अवधारणा थालिसकेको छ। ललितपुर महानगरभित्र पर्ने ठूला सडकमा साइकल लेन कसरी बनाउन सकिन्छ भन्ने विषयमा अध्ययन भइरहेको छ। अध्ययनको जिम्मा नेपाल साइकल सोसाइटीलाई दिइएको छ। सोसाइटीका असाइकल  र महानगरले भने अध्ययन गरेर साइकल लेन बनाउँदै छ। त्यसको लागि नेपाल साइकल सोसाइटी र सडक इन्जिनियरलाई जिम्मा दिएको छ। सोसाइटीका कोषाध्यक्ष सोम रानाले उपत्यकाभित्र ललितपुर महानगरले गरेको यो काम नयाँ भएको बताए। ‘विदेशमा सडक बनाउँदा पैदल यात्रु र साइकललाई प्राथमिकतामा राखिन्छ। तर, उपत्यकाका सबैजसो सडक ज्यानमारा छन्, साइकल र पैदल यात्रुमैत्री सडक छैनन्, जसका कारण दुर्घटनामा पनि यिनैमध्येका बढी पर्छन्,’ उनले भने, ‘यसबारे सरकारी निकायले सोच्नुपर्छ।’ उनले कोटेश्वर–कलंकी सडकखण्डमा पनि साइकल लेनको नक्सा बनाइए पनि सडक निर्माण गर्दा त्यसलाई बेवास्ता गरिएको जानकारी दिए। 

त्यसो त साइकल यात्रीका लागि काठमाडौं उपत्यकामा सडक कालजस्तै छन्। साइकल लेनविहिन सडकमा खाल्डाखुल्डी मात्रै देखिन्छ। सुरक्षित साइकल लेन, पथ, ट्रयाक पर्याप्त नभएका कारण साइकल संस्कृतिको विकास हुन नसकेको साइकल यात्रीको भनाई छ।

सोसाइटीका अध्यक्ष रत्नराम श्रेष्ठले साइकल अन्य यातायात साधनभन्दा सस्तो, सुलभ, सहज र चलाउन सजिलो हने भएकाले यसलाई प्रोत्साहन गर्नुपर्ने बताए। उनले भने, ‘साइकलले धुलोधुवाँ उडाउँदैन। साइकलमा दुर्घटना भइहाले पनि अन्य सवारीमा जस्तो क्षति हुँदैन। तर, काठमाडौं उपत्यकामा सडकमा खाल्डाखुल्डी मात्रै छन्, यसबारे सरकारी निकायले यथोचित भएर सोच्न जरुरी छ।’ 

महानगरका मेयर चिरिबावु महर्जनले साइकल लेन बनाउनका लागि यो वर्ष १० लाख रूपैयाँ बजेट छुट्याइएको जानकारी दिए। ‘उपत्यकाभित्र हामीले पहिलोपटक साइकल लेन र सुरक्षित साइकल यात्राको लागि यसरी लगानी गर्दैछौं,’ उनले भने, ‘एक वर्षमा साइकल ‘रुट’ तयार हुने हिसाबले काम गरिरहेका छौंँ।’ उनका अनुसार महानगरले सम्पदा क्षेत्रलाई मध्यनजगर गरेर साइकलमार्ग बनाउन खोजिरहेको छ। जसअन्तर्गत पाटन मंगलबजारदेखि ऐतिहासिक बस्ती खोकनासम्म साइकल मार्ग बनाइने छ। साइकल मार्ग बनाउने जिम्मा नेपाल साइकल सोसाइटी र सहरी विकासविद्हरूलाई दिइएको छ। ‘यो संस्थाले साइकल यात्राको र सहरी विकासको क्षेत्रमा काम गर्दै आएको छ, यसका पदाधिकारीको प्रस्तावना मन परेर महानगरले बजेट छुट्याएर काम गर्न लागेको हो। यो काम उपत्यकाका अन्य नगरपालिकाको लागि पनि नयाँ अभ्यास हुनेछ,’ मेयर महर्जनले भने।

प्रकाशित: १० फाल्गुन २०७५ ०३:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App