२६ भाद्र २०८१ बुधबार
image/svg+xml
समाज

प्रहरी हवल्दारद्वारा महिला बलात्कृत

दाङ - दाङमा एक प्रहरी हवल्दारले महिलालाई बलात्कार गरेका छन्। तुलसीपुर उपमहानगरपालिका फूलवारी स्थित ईलाका प्रहरी कार्यालयका एक हवल्दारले गाउँकै एक महिलालाई बलात्कार गरेको पीडित महिलाले बताएकी छिन्।

प्रहरीले बलात्कारमा संलग्न भनिएका हवल्दारको नाम भने खुलाएको छैन। पीडित महिलाका ससुराका अनुसार बिहीबार राती घरमा कोहि नभएको समयमा ति हवल्दारले घरभित्रै पसेर बलात्कार गरेका थिए। महिलाका श्रीमान पाँच महिना देखि रोजगारीका लागि भारतमा छन्। पीडित महिलाका ससुराका अनुसार राती १० बजेतिर ति हवल्दारले आफूलाई प्रहरीको परिचय दिँदै महिलाको घरमा पानी माग्न पुगेका थिए। उनले काम छ भन्दै ढोका खोल्न लगाएका थिए। त्यस क्रममा श्रीमानका बारेमा समेत सोधपुछ गरेका थिए।

‘आफू प्रहरी हुँ भन्दै ढोका खोल्न लगाएर सुरुमा पानी मागेछ, प्रहरीले पानी मागेपछि उसले दिइछ’, उनले भने ‘अनि आफू भित्र पसेर एकाएक ढोका बन्द गरेछ।’ अनि बुहारी माथी जबरजस्ती गरेको उनले वताए। ‘ढोका लगाएपछि उ सिधै बुहारी माथि जाई लागेछ’, उनले भने ‘अनि भकुर्दै पलङ मुनी लगेर बलात्कार गरेको रहेछ।’ पीडित महिलाले आफूले प्रतिकार गर्न खोज्दा ति हवल्दारले दाउराले हिर्काउन खोजेको समेत बताइन्। ‘मैले खुट्टा समातेर ढोगिदिन्छु, छोडिदिनुस् भन्दा पनि उसले मानेन,’महिलाको भनाई उदृत गर्दै उनका ससुराले भने ‘दाउरा उठाएर हिर्काउन थाल्यो, अनि मुख बन्द गरी बलात्कार गर्यो।’ ति हवल्दारले कसैलाई यो कुरा भनेमा उनका चार वर्षीया छोरालाई मारिदिने समेत धम्की दिएको ति महिलाले प्रहरी समक्ष बयान दिएकी छिन्।

बलात्कार गरेर ति प्रहरी निस्कीएपछि महिलाले आफन्तहरुलाई फोन मार्फत जानकारी गराएकी थिइन्। गाउँलेहरु जम्मा भएर ईप्रका पुगेका थिए। पीडित परिवारले ति प्रहरी हवल्दार विरुद्ध ईलाका प्रहरी कार्यालयमा उजुरी दिएकाे छ। बलात्कार आरोप लागेका ति हवल्दारलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। साथै पीडित महिलाको स्वास्थ्य जाँच र थप बयान लिने काम पनि भैरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक भिम कार्किले जानकारी दिएका छन्। ‘महिलाले दिएको बयानका आधारमा दोषी भनिएका प्रहरीलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेका छौँ,’उनले भने ‘महिलाको स्वास्थ्य जाँच र थप बयान लिने काम पनि भैरहेको छ।’

 

प्रकाशित: ३ फाल्गुन २०७५ ०९:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App