२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

एक मजदुरको मृत्यु

रौतहट - रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्समा कार्यरत एकजना मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा गरुडा नगरपालिका २ गेडहीगुठीका ४५ वर्षीय रामबाबु राय यादव रहेका छन्।

उद्योगमा काम गरिरहेको समय यादवले लगाएको मफलर मोटरमा अल्झिएपछि मोटरले मफलर तान्दा घाँटी कस्सिएर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मृतक यादवको पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ। मृतक यादवको आश्रित परिवारलाई दश लाख रुपैयाँ क्षतिपूर्ति स्वरुप दिइने उद्योगले जनाएको छ।

 

प्रकाशित: २ फाल्गुन २०७५ १२:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App