१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

चट्याङ लागेर सैनिकसहित दुईको मृत्यु

प्युठान– प्युठानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। जिल्लाको नौबहिनी गाउँपालिका १ स्याउलिवाङ्गमा गएराती पानीसँगै परेको चट्याङ लागेर स्थानीय दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। शुक्रवार राती १० बजे परेको चट्याङमा परी ३ जना घाइते भएका छन्।

मृत्यु हुनेमा नौबहिनी गाउपालिका–१ स्याउलिवाङ्ग खारखोलाका २३ वर्षीय नेपाली सेनामा कार्यरत मनोज गुरुङ र सोही गाउँकी २७ वर्षीया नौमती घर्ती रहेको प्युठानका प्रहरी प्रमुख डिएसपी निर्मल बुढाथोकीले जानकारी दिए। चट्याङबाट सोही ठाउँका ७ वर्षीय तेजी पुन, ६० वर्षीय बोमबहादुर घर्ती र ६२ वर्षीय रुद्र पुन घाइते भएका छन्। चट्याङले नौबहिनी ६ मा वस्तुभाउ पनि मरेका छन्। 

प्रकाशित: २६ माघ २०७५ ०७:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App