१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

प्राथमिकतामा परेन पाँचथरको विमानस्थल

पाँचथर–फिदिम नगरपालिकामा पर्ने  रानीटारको स्याउँडाडामा विमानस्थल बनाउने चर्चा भएको एक दशक भईसक्यो। स्थानीय सहुलियतमा जग्गा उपलब्ध गराउन तयार भएर बसेका छन्। विभिन्न चरणमा अध्ययनहरु पनि भएका छन्। तर यो ठाँउमा विमानस्थल बनाउने कामलाई सरकारी प्राथमिकतामा राखिएको छैन।

प्रदेश सरकार र फिदिम नगरपालिकाले हवाई मैदानलाई प्राथमिकतामा राखेका छैनन। पटक–पटक स्थानीयले जिल्लाकै प्रतिष्ठा र आवश्यकता भएको भन्दै अनुरोध गरेपनि प्राथमिकतामा परेका छैन। स्थानीयले हवाई मैदान बनाउने भनिएको जग्गामा संरचना बनाएका छैन। नागरिक उडड्यन मन्त्रालयले विभिन्न चरणमा सर्वे गरेपनि राजनीतिक दबावको अभावले हवाई मैदान बन्ने नबन्ने अनिश्चित बनेको छ। स्थानीयले सस्तो मूल्यमा र केहि प्रतिशत निशुल्क दिने प्रतिवद्धता गरेपनि जग्गा सरकारको मातहतमा ल्याउन समेत पहल भएको छैन।

वातारण प्रभाव मूल्याङकन लगायतका कामहरु भएपनि काम अघि बढाउने गरी बजेटको प्रवन्ध हुन नसकेको स्थानीय व्यवस्थापन  समितिका सहसचिव विक्रम  गुरुङ बताउँछन्। हवाई मैदानको कामलाई प्राथमिकतामा पर्न भन्दै पटक–पटक यो समितिले स्याँउडाँडामानै पुर्याएर  राजनीतिक दलका नेता, सरकारी निकायका प्रमुखहरुलाई अनुरोध गर्दै आएको छ। ‘हवाई मैदान बनाउने भनिएको जग्गामा सरचना केहि बनाईएको छैन। बरु भएका संरचना स्थान्तरण गरीएको छ। तर प्रथामिकतामा नपर्दा काम अघि बढ्न सकेको छैन’  गुरुङ भन्छन् ‘अध्ययनमा आएका इन्जीनियरहरुले उपयुक्त स्थान भनिसकेका छन्।’

पाँचथरमात्र नभई तेह्थुमको आठराई, ताप्लेजुङ र इलामको केहिभागका बासिन्दालाई सुविधा हुने स्थानीयको बुझाई  छ। आठ बर्ष अगाडि ७ सय मीटर लम्बाईको विमानस्थल बनाउन सर्वे भएको थियो। ट्वीनेटर विमानकालागि मात्र हुने भएपछि पुनः  १ हजार दुई सय मिटर लम्बाईएको विमानस्थल सर्वे  गरीएको थियो। अहिले मन्त्रालयको तर्फबाट वातावरण प्रभाव मूल्याङ्कनको काम भईरहेको इन्जीनिर नलविक्रम थापाले जानकारी दिए। विभिन्न चरणका अध्ययन सकिएको उनले बताए। बजेट नभएकाले निर्माणको काम कहिले अघि बढ्छ भन्ने अन्योलता रहेको छ। जिल्ला का नेताहरुले सम्बन्धित निकायमा दबाव सृजना नसकेको स्थानीयको बुझाई छ।

‘भौगोलिक रुपमा उपयुक्त तथा धेरै जनघनत्व समेट्ने ठाँउमा विमानस्थलका लागि प्रक्रिया अघि भएपनि सरकारको प्राथमिकतामा नपर्दा समस्या भयो।  राजनीतिक नेतृत्वले अगुवाई गर्न सकेनन। स्थानीयबासि जग्गादिन देखि अन्य सहयोगमा तयार छन्’ स्थानीय कुशल गुरुङ भन्छन् ‘एक दशकदेखि हवाई मैदान बन्ने चर्चा भएपनि काम अघि बढ्न नसक्दा स्थानीयहरु निराश भएका छौँ। सम्बन्धित निकायले पहल कदमि लिन पर्यो।’

सस्तो मूल्यमा जग्गा उपलब्ध गराउन जग्गाधनीहरुपनि तयार भएर लिखित कागज गरेका थिए।  स्थानीयले केहि जग्गा निशुल्क र बाँकि जग्गा सहुलियत मूल्यमा दिनका लागि लिखित प्रतिवद्धता गरीसकेका छन्। यहाँ रहेको विद्यालयलय अन्यत्र सारीसकिएको छ।

पाँचथरको रानीटारमा प्रस्तावित हवाईमैदान स्थल। तस्बिर : गिरिराज बाँस्कोटा

 

 

प्रकाशित: २६ माघ २०७५ ०६:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App