१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘चीन र अमेरिका सहकार्य विश्वको चाहना’

वासिङ्टन – संयुक्त राज्य अमेरिकाका लागि चीनका राजदूत कुई चिनकाइले विश्वले चीन र अमेरिकाबीच सशक्त सहकार्यको अपेक्षा गरेको बताएका छन्। 

चीन–अमेरिकाबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ४० औं वर्षगाँठ र चिनियाँ नयाँ वर्षको अवसरमा आयोजना गरिएको एक समारोहमा राजदूत कुईले विश्वमा अथाह परिवर्तन भइरहेको र विश्वव्यापी धारणा चीन र अमेरिकाबीच सहकार्य होस् भन्ने रहेको बताए। ‘पहिलेभन्दा अझ बढी विश्वव्यापी परिवर्तन आइरहेका छन्। विश्वले चीन र अमेरिकाबीचको सहकार्य चाहेका छन्,’ उनले बताए। ‘हाम्रा जनताले वासिङ्टन र बेइजिङबीचको सहकार्य चाहेका छन्।

हाम्रा साझा चासोका विषय बढ्दैछन्। हामीले सहकार्यलाई विगत चार दशकका उपलब्धिका आधारमा विस्तार तथा मजबुत पार्न जरूरी छ,’ राजदूत कुईलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।  ४० वर्ष पुरानो चीन–अमेरिका कूटनीतिक सम्बन्धले दुई देशलाई विश्वव्यापी आर्थिक संकट र कोरियाली प्रायःद्विपको राजनीतिक समाधानजस्ता क्षेत्रीय तथा विश्वव्यापी विषयमा निकट बनाएका उनको भनाइ थियो। समारोहमा अमेरिकी वाणिज्य मन्त्री विल्बर रोस, एसिया मामिला हेर्ने अमेरिकी सुरक्षा परिषद्का विशिष्ठ निर्देशक मट पोटिङ्गर तथा अमेरिकी कंग्रेसका कैयौं सदस्य तथा करिब सात सय ५० अतिथिको सहभाअगिता रहेको थियो।

जनगणतन्त्र चीन र संयुक्त राज्य अमेरिकाबीच सन् १९७९ को जनवरी १ मा औपचारिक सम्बन्ध स्थापित भएको थियो। विगत चार दशकमा विश्वका दुई शक्तिशाली अर्थतन्त्रबीचको सम्बन्धमा धेरैले अनुमान गर्नेभन्दा आश्चर्यजनक रहने गरेको छ।

दुई देशको व्यापार सन् १९७० को दशकको अन्त्यतिर वार्षिक करिब २.५ अर्ब अमेरिकी डलर रहेकोमा सन् २०१७ सम्म आइपुग्दा वार्षिक पाँच खर्ब ८० अर्ब अमेरिकी डलर पुगेको छ। त्यसैगरी दुईतर्फी लगानी व्यवहारिक रूपमा शून्यबाट दुई खर्ब ३० अर्ब अमेरिकी डलर पुगेको छ।

प्रकाशित: २५ माघ २०७५ ०१:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App