१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘तालिबानले पूरै अफगानिस्तानमा कब्जा चाहेको छैन’

काबुल – अमेरिकी विशेष दूतसँग कतारमा भएको वार्तामा तालिबानी समूहको नेतृत्व गरेका एक नेताले तालिबानले सैन्य हस्तक्षेपमार्फ्त अफगानिस्तानमा पूर्ण नियन्त्रण गर्न नचाहेको बिबिसीसँगको अन्तर्वार्ताका क्रममा बताएका छन्। 

पूरै अफगानिस्तानमा नियन्त्रण गर्न खोजे त्यसले शान्ति नल्याउने तालिबानका तर्फबाट वार्तामा नेतृत्व गरेका सेर मोहम्मद अब्बास स्टानिकजाईले बताए।

यद्यपि उनले अफगानिस्तानबाट विदेशी सेना पूर्ण रूपमा नहटेसम्म युद्धविराम नगर्ने पनि प्रष्ट पारेका छन्।अफगानिस्तानमा सर्वसाधारणमाथि हुने क्षतिमा सबैभन्दा बढी दोष तालिबानको हुने गरेको संयुक्त राष्ट्रसंघले जारी गरेको एउटा तथ्यांकलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। 

भर्खरैसम्म कतारमा रहेको तालिबानको राजनीतिक कार्यालयका प्रमुख रहेका र समूहका प्रभावशालीमध्येका एक नेता स्टानिकजाईले रुसको राजधानी मस्कोमा भएको विपक्षीहरुको बैठकमा सहभागिता जनाउने क्रममा पहिलो पटक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिएका हुन्।

प्रकाशित: २४ माघ २०७५ ०३:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App