१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

अमिर र जूहीको किन भयो ७ वर्षसम्म बोलचाल बन्द?

एजेन्सी – बलिउड सेलिब्रेटीहरुको विवाह, सम्बन्ध बिच्छेद, विवाहमा हुने खर्च, अफेयर सँधै चर्चाको विषय बन्ने गरेको छन्। बलिउडमा अफेयर एउटासँग विवाह अर्कैसँग हुनु कुनै नयाँ कुरा होइन, यसलाई सामान्य हिसाबले लिने गरिन्छ।

तर चर्चित बलिउड अभिनेता अमिर खानले सानो कुरामा भएको झगडाको कारण चर्चित नायिका जूही चावलासँग ७ वर्षसम्म नबोलेकाे खुलासा गरेका छन्। उक्त घटनाबारे बताउँदै अमिर भन्छन, "सन् १९९७ मा 'इश्क' चलचित्रको छायाङ्कनका क्रममा सानो विषयलाई लिएर हामीहरुबीच वादविवाद भएको थियो। यही कारणले म जहीले पनि जूहीसँग सुटिङको समय वाहेक ६० फूटको दुरीमा बस्ने गर्थें।" साथै अमिरले काम भए मात्रै आफु बोल्ने गरेकाे र हाई, हेलो तथा बाई समेत बन्द भएकाे बताए।

अमिर खान र जूहीको बोलचाल २००३ मा आएर भयो। अमिर खान र उनकी पहिलाे पत्नी रीनाको सम्बन्ध विच्छेदको खबर सञ्चारमाध्यममा आउन थाल्यो। ठिक त्यही समयमा अमिर र रीनाको सम्बन्धका बारेमा जानकार जूहीले अमिरलाई टेलिफोन गरिन र उनीहरुलाई मिलाउने प्रयास समेत गरेकी थिइन्। आफु तनावमा रहेको बेला जूहीले आफुसँग कुराकानी सुरु गरेकोमा खुसी लागेको अमिरले बताए।

प्रकाशित: १६ माघ २०७५ १२:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App