बहु सांस्कृतिक सम्पदा नेपालीको साझा चिनारी: डा. भट्टराई

मङ्गलबार, १८ असोज २०७३, १६ : १६ नागरिक

इटहरी- नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपालको धार्मिक तथा जातीय विविधतासँगै बहु सांस्कृतिक सम्पदा नै नेपालीको साझा चिनारी भएको बताएका छन्।

पूर्वप्रधानमन्त्री डा भट्टराईले आज सुनसरीको इटहरी उपमहानगरपालिका– २ बरगाछी क्षेत्रमा निर्माणाधीन सङ्गीतसाधना प्रतिष्ठान नेपालको भवनको स्थलगत अवलोकन गर्दै यसको संरक्षण र संवद्र्धन सरकारको प्रमुख दायित्व भएको बताए।

सो अवसरमा उनले सङ्गीतसाधना प्रतिष्ठानमा आवद्ध प्राज्ञ कलाकार एवम् सङ्गीतकारले अघि बढाएको भवन निर्माण अभियान अनुपम उदाहरणका रुपमा रहेकाले आफ्नो नैतिक समर्थन रहेको बताए।

डा भट्टराईले कलाकारले चलाएको एक इँटा अभियानले राजनीतिक दलका नेतालाई पनि सचेत बन्न अभिप्रेरित गरेको बताए। सो अवसरमा प्रतिष्ठानका महासचिव राजु केसीले सङ्गीत शिक्षाको विद्यावारिधीसम्मको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कला सङ्गीत र सांस्कृतिक सम्पदाका अध्ययन अध्यापन हुने सो प्रतिष्ठानमा स्वदेशी र विदेशी विद्यार्थी तथा अध्यापकको जमघट हुने गरेको जानकारी दिए।

प्रतिष्ठानका अध्यक्ष मणि गुरुङका अनुसार साढे १० कठ्ठा जमिनमा निर्माण भइरहेको सङ्गीत साधना प्रतिष्ठानको भवनको एकतला निर्माण भइसकेको र त्यसका लागि करिब रु एक करोड ७५ लाख खर्च भइसकेको छ। चारतले भवन निर्माण गर्न रु ११ करोड खर्च हुने बताइएको छ। रासस

 







यसमा तपाईको मत

अन्य समाचार

“नाडा अटो शो २०१९” आयोजना गरिने

“नाडा अटो शो २०१९” आयोजना गरिने

नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपालद्वारा यही भाद्र १० देखि १५ गते सम्म ...

रिलायन्स लाइफ इन्स्योरेन्सको सभा

रिलायन्स लाइफ इन्स्योरेन्सको सभा

रिलायन्स लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । ...

एलबिइएफको पहिलो दिक्षान्त

एलबिइएफको पहिलो दिक्षान्त

एसिया प्यासिफिक विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लर्ड बुद्घ एजुकेसन फाउन्डेसन क्याम्पसले आफ्नो पहिलो दीक्षान्त समारोह सम्पन्न गरेको छ । ...

टाटा ह्यारियर चाँडै नेपाली बजारमा (भिडियो )

टाटा ह्यारियर चाँडै नेपाली बजारमा (भिडियो )

नाडा अटो सो २०१९ मा टाटाले नयाँ एसयुभी गाडी ह्यारियरलाई एच फाइभ नाम दिएर नेपाली बजारमा भित्र्याउन लागेको जनाएको छ।

हुवावेले ल्याउँदै छ आफ्नै म्याप्स - गुगल म्याप्सलाई चुनौती

हुवावेले ल्याउँदै छ आफ्नै म्याप्स - गुगल म्याप्सलाई चुनौती

गुगल म्याप्सलाई टक्कर दिँदै हुवावेले आफ्नै म्याप्स ल्याउने भएको छ ! ...

स्मार्टफोनलाई रातभर चार्ज गर्नु उचित कि अनुचित ?

स्मार्टफोनलाई रातभर चार्ज गर्नु उचित कि अनुचित ?

स्मार्टफोन वा साधारण मोबाइल फोनको ब्याट्रीलाई रातभर वा १०० प्रतिशतभन्दा बढी चार्ज गर्न हुन्छ कि हुँदैन ? ...

कृष्णनगरमा नेपाल बैंक

कृष्णनगरमा नेपाल बैंक

नेपाल बैंक लिमिटेडले कृष्णनगर नगरपालिका परिसरमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । ...

अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सम्झौता

अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सम्झौता

आइएमई ग्रुपअन्तर्गत सञ्चालित तथा आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सेवासम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad