घुससहित अख्तियारकै कर्मचारी फन्दामा

आइतबार, १३ माघ २०७५, २० : ५७ नागरिक संवाददाता

नेपालगन्ज– मुद्दा मिलाइदिने भन्दै एक ब्यक्तिसँग घुस लिइरहेको अवस्थामा अख्तियारकै कर्मचारी पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश कार्यालय सुर्खेतमा कार्यरत प्रहरी सहायक निरीक्षक(असई) जन्म अधिकारीलाई आयोग केन्द्रिय कार्यालयबाट खटिएको टोलीले घुससहित पक्राउ गरेको हो। स्रोतका अनुसार अधिकारीलाई नेपालगन्जबाट करिव ४ लाख घुससहित अख्तियार टोलीले रंगेहात पक्राउ गरेको थियो। 

पक्राउ परेका अधिकारीलाई आवश्यक कारबाहीका लागि आइतबार केन्द्रिय कार्यालयमा लगिएको बताइएको छ। यस विषयमा प्रतिक्रिया लिदाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले आफूलाई जानकारी नभएको बताए। आयोग सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश गैरेले आयोगमा कार्यरत एक जना कर्मचारी (असई) आयोगकै टोलीबाट पक्राउ परेको भन्ने कुरा आफूले सुनेको र एकिन जानकारी नभएको बताए। 

‘म काम विशेषले गर्दा काठमाडौं आएको छु, आयोगको केन्द्रिय टोली पुगेर त्यहाँ एक जना आयोगकै कर्मचारीलाई पक्राउ गरेको भन्ने मैले पनि सुनेको छु,’ उनले टेलिफोनमा भने। आयोग सम्पर्क कार्यालय नेपालगन्जका एक कर्मचारीले नाम नबताउने शर्तमा अख्तियारको सुर्खेत कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक जन्म अधिकारी घुससहित पक्राउ परेको पुष्टि गरे। ‘यस विषयमा आयोग केन्द्रिय कार्यालयले आधिकारिक रुपमा विज्ञप्ती निकालेर पक्कैपनि बताउँला, हामीले यस विषयमा धेरै कुरा बोल्न मिल्दैन,’ उनले नागरिकसँग भने। 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

पोखराको लेकसाइडमा किंग्स लाउञ्जको सेवा सुरु

पोखराको लेकसाइडमा किंग्स लाउञ्जको सेवा सुरु

किङ्स लाउन्जले पोखरामा पहिलो शाखा सञ्चालनमा ल्याएको छ । स्थापनाको पहिलो वर्ष पुरा गरेको उपलक्ष्यमा पोखराको लेकसाईडमा पारिवारिक वाताबरणमा आधुनिक...

अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा सृंखला खतिवडा , उदय छात्रवृत्ति अन्तर्गत २५ विद्यार्थीले पाए २५ हजार

अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा सृंखला खतिवडा , उदय छात्रवृत्ति अन्तर्गत २५ विद्यार्थीले पाए २५ हजार

महिन्द्रा एण्ड महिन्द्राको प्रमुख आधिकारिक बिक्रेता अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा पुर्व मिस नेपाल सृंखला खतिवडा नियुक्त भएकी छिन | ...

गोयन्का ग्रुपको सेलो कुलर बजारमा

गोयन्का ग्रुपको सेलो कुलर बजारमा

तीन वर्षयता संचालित गोयन्का ग्रुपले बजारमा ल्याएका प्रोडक्टहरु उपभोक्ताले अत्याधिक रुचाउँदै आइरहेका छन् । स्थापनाकाल देखि नै गुणस्तरयुक्त प्रोडक्ट बिक्रि...

एनसेलले ल्यायो भारत भ्रमणमा ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’  योजना

एनसेलले ल्यायो भारत भ्रमणमा ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ योजना

एनसेलका ग्राहकले अब भारत भ्रमणमा रहदा बिना कुनै झन्झट अझ सुलभ दरमा डेटा रोमिङ्ग सेवाको मजा लिन सक्नेछन् । ग्राहकले...

कस्तो भ्याक्युम क्लिनर किन्ने ? -  भ्याक्युम क्लिनर खरिद गाइड

कस्तो भ्याक्युम क्लिनर किन्ने ? - भ्याक्युम क्लिनर खरिद गाइड

भ्याक्युम क्लिनर किन्दा के के हेरेर किन्ने ? कस्तो किन्ने ? ...

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता ...

अब कोरियन प्रबिधिको भुकम्प प्रतिरोधी सस्तो घर, ६० बर्ष टिकाउ

अब कोरियन प्रबिधिको भुकम्प प्रतिरोधी सस्तो घर, ६० बर्ष टिकाउ

फेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले यसै उत्पादन शुरु गरेको हो ...

ढुङ्गा माटोको घरलाई कसरी भुकम्प प्रतिरोधी बनाउने?

ढुङ्गा माटोको घरलाई कसरी भुकम्प प्रतिरोधी बनाउने?

घरको के को बनाउने भन्दा पनि घर बनाऊँदा के कस्तो कुरामा ध्यान दिनु भन्ने कुरा बढि महत्वपुर्ण हुन्छ । विधि...