१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानद्वारा एक लाख केजी कपाल चीन निकासी

इस्लामाबाद  – पाकिस्तानले पाँच वर्षको अवधिमा एक लाखभन्दा बढी किलोग्राम मानव कपाल चीनतर्फ निकासी गरेको छ। पाकिस्तानको राष्ट्रिय सभामा शुक्रबार यससम्बन्धी जानकारी गराइएको थियो। राष्ट्रिय सभामा जानकारी गराइएअनुसार पछिल्लो पाँच वर्ष अवधिमा पाकिस्तानले चीनतर्फ एक लाखभन्दा बढी केजी मानव कपाल निकासी गरेको छ।

चीनतर्फ पछिल्लो पाँच वर्षमा करिब एक लाख ३२ हजार डलरबराबरको एक लाख पाँच हजार चार सय ६१ किलोग्राम मानव कपाल निकासी गरिएको राष्ट्रिय सभामा लिखित रूपमा दिइएको प्रतिउत्तरमा पाकिस्तानको वाणिज्य तथा लत्ता कपडा मन्त्रालयले जनाएको थियो। जसअनुसार, सन् २०१३–२०१४ मा ८३ हजार नौ सय एक किलोग्राम, सन् २०१४–२०१५ मा १३ हजार एक सय ५० किलोग्राम, सन् २०१५–२०१६ मा एक हजार चार सय १० किलोग्राम र सन् २०१७–२०१८ मा सात हजार किलोग्राम कपाल चीनतर्फ निकासी भएको सो मन्त्रालयले राष्ट्रिय सभालाई दिएको जानकारी उद्धृत गर्दै पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ।

चीनतर्फ पछिल्लो पाँच वर्षमा करिब एक लाख ३२ हजार डलरबराबरको एक लाख पाँच हजार चार सय ६१ किलोग्राम मानव कपाल निकासी गरिएको राष्ट्रिय सभामा लिखित रूपमा दिइएको प्रतिउत्तरमा पाकिस्तानको वाणिज्य तथा लत्ता कपडा मन्त्रालयले जनाएको थियो।

सहकार्यमूलक अन्तर्राष्ट्रिय भन्सार ट्यारिफ प्रणाली ९एचएस प्रणाली०मा काटिएको मानव कपालको कुनै फरक एचएस कोड नभएको समेत सो मन्त्रालयले जनाएको थियो। मानव कपाल र खेर गएको मानव कपाल विशेषतः एचएस कोड ९०५०१।००००० मा समावेश गर्ने गरिएको सो मन्त्रालयको जानकारी उल्लेख गर्दै डनले जनाएको छ।

चीनमा बढ्दो रूपमा फस्टाइरहेको मेकअप उद्योगका कारण मानव कपालको माग बढिरहेको छ। पाकिस्तानमा विग लगाउने प्रणाली अत्यन्तै कम भएकाले पनि मानव कपालको निर्यात बढिरहेको प्रख्यात सौन्दर्यविद् ए।एम। चौहानलाई उद्धृत गर्दै डनले जनाएको छ। उनका अनुसार कपाल निर्यात बढ्नुको अर्को प्रमुख कारण भनेको कपालजन्य गहनाको स्थानीय उत्पादनमा कमी आउनु पनि हो। ‘विगतमा मानिसले हातकै माध्यमबाट लामो  थप कपाल बनाउथे, जुँगा, दाह्री र विग बनाउँथे र अहिले स्थानीय कलाकारको बजार चिनियाँ मेकअप उद्योगले धरासायी बनाइदिएको छ,’ उनले बताए। ‘चीनमा कपाल निर्यात गर्ने निर्यातकर्ताहरुले हेयर सैलुनमा कपाल जम्मा गर्नका लागि भाँडा राखेका छन् र प्रति केजी पाँच हजारदेखि छ हजारसम्म औसत दिएर खरिद गर्ने गरेका छन्,’ सौन्दर्यविद् चौहानलाई उद्धृत गर्दै डनले जनाएको छ। पाकिस्तानबाट उच्च गुणस्तरका कपाल संयुक्त राज्य अमेरिका र जापानमा समेत निकासी हुने गरेको बताइएको छ। अमेरिका र जापानका मनोरञ्जन उद्योगबाट कपालको उच्च माग हुने गरेको छ। वर्षेनी हजारौं केजी कपाल अन्य देशमा निकासी गर्ने गरेको भए पनि पाकिस्तानमा पनि अन्य देशबाट थप कपाल र विगहरु आयात हुने गरेको डनले उल्लेख गरेको छ।
 

 

 

प्रकाशित: ८ माघ २०७५ ०५:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App