१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विश्वकै सवैभन्दा वृद्ध नोनाकाको ११३ बर्षको उमेरमा निधन

तस्बिर : एजेन्सी

जापान - विश्वका सवैभन्दा वृद्ध मानिस मासानो नोनाकाको आइतबार निधन भएको छ। विमानको आविस्कार गर्ने राइट्स दाजुभाईभन्दा दुई बर्ष पछि जन्मेका नोनाकाको ११३ बर्षको उमेरमा मृत्यु भएको जापानी सञ्चारमाध्यमले जनाएका छन्।

गिनिज वर्ल्ड रेकर्डका अनुसार नोनाकाको जन्म सन् १९०५ को जुलाईमा भएको थियो। उनको जन्म अल्वर्ट आइन्स्टाइनद्वारा प्रतिपादन गरिएको सापेक्षताको सिद्धान्तको प्रकाशन हुनुभन्दा केही महिना पहिले भएको थियो। गत बर्ष स्पानियार्ड फ्रान्सिसको नुनेज ओलिभेराको मृत्यु भएपछि वृद्ध जीवित मानिसहरूमध्ये सबैभन्दा पाका व्यक्तिका रूपमा गिनिजले नोनाकालाई औपचारिक मान्यता दिएको थियो। छ भाइ र एक बहीनीकी धनी नोनाकाले सन् १९३१ मा विवाह गरेका थिए। उनकी श्रीमती र पाँच सन्तान मध्ये ३ काे मृत्यु भइसकेकाे छ।

प्रकाशित: ६ माघ २०७५ १३:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App