चट्याङ लागेर घरमा आगलागी !

सोमबार, १७ असोज २०७३, १९ : १९ महेश्वर चामलिङ राई

उदयपुर– सोमबार साँझ परेको चट्याङले यहाँको एक घर जलेर नष्ट भएको छ। सामान्य वर्षासँगै परेको चट्याङले जिल्लाको पूर्वी पहाडी गाविस सिद्धिपुर ५ स्थित गणेश राईको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

साँझ ६ः३० बजे सामान्य वर्षासँगै गड्याङ गुडुङ गर्दा चट्याङको झट्काले आगो उब्जेर घरको छानोमा सल्कन गई आगलागी भएको इलाका प्रहरी कार्यालय बेलटारलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। प्रहरी प्रमुख एसपी नरबहादुर केसीका अनुसार स्थानीय बासी र प्रहरी मिलेर एकघण्टापछि आगो नियन्त्रणमा आएको छ।

आगोले घरभित्रका अन्नपात, लत्तापपडा र भाँडाकुँडा क्षेति पुगेको प्रारम्भिक रिपोर्ट प्राप्त भए पनि यकिन क्षतिको विवरण भने आउन बाँकी छ। केहीदिनयता उदयपुरमा चट्याङ परेर निरन्तर जनधनको क्षति गर्दै आएको छ। दुईदिनअघि मात्र जिल्लाको मध्यवर्ती गाविस पञ्चावती ४ स्थित नेपालटारमा चट्याङ परेर एकजना गम्भीर घाईते बनाएको थियो भने दुईवटा गाई र भैसी गोठमै मरेका थिए ।

सातादिनअघि गाईघाटसँगै जोडिएको त्रियुगा नगरपालिका ६ खैजनपुरमा गाई चराँदै गरेका ५७ वर्षीय एक स्थानीयको मृत्यु भएको थियो भने उनीसँगै रहेका अन्य दुईजना गम्भीर घाईते भएका थिए । मोवाईलमा गीत सुन्दै छाता ओढेर गोठालो गर्दै गरेका बेला उनलाई चट्याङ लागेको प्रहरीको भनाई छ । धेरैजसो चट्याङ पर्दा मोबाइल चलाउनेहरु मर्ने र घाईते हुने गरेका चट्याङले हान्नुमा मोवाईल नै मुख्य कारण हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।







यसमा तपाईको मत

अन्य समाचार

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सामसङ इलेक्ट्रोनिक्सले आफ्ना मातहत अन्तर्गत सञ्चालित विभिन्न CSR परियोजना मध्ये सामसङ (दक्षिण कोरिया) ले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २...

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सबैतिर वातावरण प्रदूषणको चिन्ता प्रकट भइरहेका बेला सुजुकीले वातावरणमैत्री नयाँ कार बजारमा ल्याउन लागेको छ । ...

सामसङ्ग मोबाइल रिटेलर्स मिट

सामसङ्ग मोबाइल रिटेलर्स मिट

हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सफलतापूर्वक विभिन्न तीन वटा स्थान सिमरा, बर्दिबास र लहानमा २० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म...

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी बैंक र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । ...

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीलक्षित एक हजार रुपैयाँमामा बचत खाता खोल्ने गरी प्रिमियम पेरोल म्यानेजमेन्ट खाता सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad