१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पर्नु होला है ड्यास क्यामेराको फन्दामा

ललितपुर- यदी तपाईले सवारी चलाउँदा ट्राफिक प्रहरीले देख्दैन भनेर नियम मिचेर सवारी हाँक्दै हुनुहुन्छ भने होस पुर्‍याउनुहोस है?  नियम उल्लङघन गर्नु भयो भने तपाईलाई ट्राफिक प्रहरीले जुनसुकै बेला पनि समात्न सक्छ। ट्राफिक अनुशासनलाई मर्यादिन बनाउने उद्देश्यकासाथ असोज १६ गतेदेखि लागु हुने गरी महानगरीय ट्राफिक महाशाखा हनुमानढोकाले उपत्यकाभित्र गुड्ने सबै ट्राफिक सवारीहरुमा ड्यास क्यामेरा जडान गरेको छ। जसले तपाईले गुडाइरहेको सवारीलाई पछ्याइरहनेछ।

ड्यास क्यामेरा सवारीको अगाडिपट्टी नदेखिने गरी जडान गरिएको छ। यो क्यामेरा सीसी क्यामेरा जस्तै भएतापनि यसले अडियो भिडियो, सडकको अवस्था, पदलयात्रु, समय, ट्राफिक प्रहरीको कामकारवाही र सडकमा गुड्ने सवारीको अवस्थालाई खिचिरहेको हुन्छ। यो क्यामेराले ट्राफिक प्रहरी जहाँ जहाँ पुग्छ त्यहाँको अवस्थालाई खिच्छ। ट्राफिक व्यवस्थापनलाई थप चुस्त र दुरुस्त पार्नका लागि क्यामेरा जडान गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका गुड्ने ५० वटा सबै सवारीमा ड्यास क्यामेरा जडान गरिएको छ। प्रहरीले लागु गरेको आधुनिक ड्यास क्यामेराले ट्राफिक व्यवस्था र गल्ती गर्ने सवारी चालकलाई कारबाहीमा ल्याउन सहज हुने ललितपुरको ट्राफिक प्रहरी इन्चार्ज सिताराम हाछेंथुले जानकारी दिए। उनले भने, ‘ड्यास क्यामेराको सहायताले गल्ती गर्ने चालकलाई प्रमाणसहित कारबाही गर्न सकिन्छ।’

ट्राफिक प्रहरीले जडान गरेको ड्यास क्यामेराले उपत्यकाका सडकमा किन जाम हुन्छ भन्ने तस्बिर र भिडियो पनि खिच्ने हुँदा त्यसका माध्यमबाट प्रहरीलाई ट्राफिक व्यवस्था सुर्धान सहज हुने ट्राफिक प्रहरीले जनाएको छ।

त्यस्तै ड्यास क्यामेराले पैदल यात्रुले गर्ने गल्तीलाई पनि कैद गर्ने हुँदा जथाभावि बाटो बाटेर हिड्ने यात्रुहरुलाई पनि कारबाही गर्न मद्दत गर्नेछ । खासगरी सडक लेन नमान्ने, जथाभाबि ओभरटेक गर्ने, तिब्र गतिमा सवारी हाक्ने, निषेध स्थानमा पार्किङ गर्ने, बिना हेलमेट मोटरसाइकल चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने जस्ता क्रियाकलापलाई खिच्न ड्यास क्यामेराले सहायता पुर्‍याउने छ।

प्रकाशित: १७ आश्विन २०७३ ०९:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App