१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
भिडियो

अहिले नेता र अधिकारकर्मीहरु केही सेचत भए ।

 विगत शव्द धेरै गहकिलो छ । कसैलाइ विगतले शिखर चढ्ने आँट दिन्छ भने कसैलाइ विगतले पछार्छ । फरक यती मात्र छ । विगतलाइ कसरी लिने  ? दि हिडेन ट्रेजरका अध्यक्ष गोपाल सुन्दर लाल कक्षपति पनि विगत सम्झदा अहिले हाँस्छन् । उनको विगत धेरै तितो थियो । मिस नेपाल शुरू गर्दा धेरैले पागल भने, धेरैले गाली दिए तर पनि उनले मिस नेपालको कार्यक्रमलाइ रोकेनन् । भनौन उनको सक्रियता अझै बढ्दै गयो ।  
नेत्तृत्व भन्ने कुरा नेतामा मात्र हुनुपर्छ भन्ने सोचले त्यत्ति बेलाको समाज ग्रसित थियो । हुनत अहिले धेरैजसो ग्रामिण भेगमा यस्तो सोच कायमै छ । युवतीहरुले पनि नेत्तृत्वको तालिम लिनुपर्छ भन्ने कल्पना समेत गर्दैन्थ्ये । नेपाल जेसिसको रजत जयन्ती पछि शुरू भएको सोचले सन् १९९४ का पछिल्ला वर्षहरू भन्दा सन् २०१८ मा निकै चर्चा पायो । जसको उदाहरण मिस नेपाल वल्र्ड श्रृखंला खतिवडा हुन् । परिवारमा राजनीतिक पृष्ठभूमी र बौद्धिकताले गर्दा पनि उनको चर्चाको शिखर चुलेको थियो । अधिकारकर्मी र राजनीतिक पार्टीका महिला नेत्तृ देखि नेताहरुले सुन्दरताको नाममा युवतीहरुलाइ नङ्गयाए भन्दै धेरै विरोध पनि गरे । तर अहिले सोचमा परिर्वतन आएको छ । यो श्रेय गोपाल सुन्दर लाल डिजिटल मिडियालाइ पनि दिन्छन् । सन् २०१८ की मिस नेपाल वल्र्डका बारेमा नेत्तृ र नेताहरुले नै स्टाटस लेखेर सामाजिक संजालमा आफ्नो सक्रियता देखाए । जसले गर्दा दि हिडेन ट्रेजर नेपाल टिमलाइ केहि अचम्म त लागेकै थियो । अध्यक्ष गोपाल ‘सकारात्मक सोच र निरन्तरता भएमा एक न एक दिन सफल हुने ’ बताँउछन् । नेपालबाट छानिएका मिस नेपालहरू विश्व मंचमा शारिरक सुन्दरता र बौद्धिक रूपले केहि कमि नभएको गोपाल सुनाउँछन् तर नेपाल जस्तो विकासशील मुलुक भएको कारण हामीले विकसित मुलुकको जस्तो सुविधा र तालिम दिन नसकेको गोपाल स्वीकार गर्छन् । बदलिँदो परिस्थितिसँगै यसमा पनि सुधार आउनेमा गोपाल आशावादी छन् । 

प्रकाशित: २ माघ २०७५ ०७:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App