१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

मनमोहन स्मृति कप : प्रदेश नं. ७ विजयी

इटहरी – प्रदेश नं. ७ सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ। मंगलबार भएको समूह ‘सी’ अन्तर्गतको दोस्रो खेलमा प्रदेश नं. ७ विजयी भएको हो।

इनरुवा खेल मैदानमा भएको खेलमा प्रदेश नं. ७ ले प्रदेश नं. ५ लाई १ सय १८ रनले पराजित गरेको हो । अघिल्लो खेल जितेको प्रदेश नं. ५ मंगलबारको खेल जितेको खण्डमा सहजै सेमिफाइनलमा प्रवेश गर्ने थियो । समूह चरणको खेलमा प्रदेश नं. ७ ले समेत पहिलो खेल जितेकाले बुधबार हुने भारत सुपौलबीचको खेलले अघिल्लो चरण प्रवेश गर्ने ग्रुप विजेता तय गर्ने छ। 

खेलमा प्रदेश नं. ७ ले दिएको २ सय ४५ रनको लक्ष्य पछ्याएको प्रदेश नं. ५ केवल २८ दशमलव ३ ओभरमा १ सय २६ रनमा समेटियो । प्रदेश नं. ५ का लागि कृष्ण कार्कीले ३६ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यान क्रिजमा जम्न सकेनन् । सन्दिप रजालीले १४, सुबेन्डु पाण्डे र बिक्रम भुषाले समान ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको आंकडा छुन सकेनन्।

उसलाई सस्तैमा समेट्न प्रदेश नं. ७ का बिक्रम ठगुनाले ४ विकेट लिए । त्यसैगरी, नारायण जोशी र शेर मल्लले समान २–२ विकेट लिँदा खडक बोहोरा र नरेन्द्र साउदले १–१ विकेट हात पारे । यसअघि टस जितेर पहिलो ब्याटिङ् गरेको प्रदेश नं. ७ ले लोकेश बमको ६८ र रोशन अधिकारीको ५९ रनको मद्धतमा ८ विकेट क्षतिमा २ सय ४४ रन बनाएको थियो।

टिमका लागि बिपिन रावलले २४ र नारायण जोशीले २२ रन बनाउँदा केदार बोहरा र दिपेन्द्र थापाले २१–२१ रन बनाएका थिए । प्रदेश नं. ५ का मान बहादुर थापाले ३ विकेट लिएको खेलमा रुपेश कुर्मी र बिक्रम भुषाले समान २–२ विकेट लिए । खेलको म्यान अफ दि म्याच प्रदेश नं. ७ का बिक्रम ठगुन्ना घोषित भए।

मनमोहन स्मृति क्रिकेट प्रतियोगिताकोे विजेताले नगद चार लाख एक हजारसहित शिल्ड र प्रमाणपत्र पाउनेछ ।  उपविजेता टीमले दुई  लाख एक हजारसहित शिल्ड र प्रमाणपत्र  प्राप्त गर्नेछ । त्यस्तै, सेमिफाइनलबाट आउट हुने दुईवटा टीमलाई २५–२५  हजार रुपैयाँ प्रदान गरिनेछ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार रुपैयाँ प्रदान गरिनेछ । यस्तै, बेस्ट ब्याट्स मेन र बेस्ट बलरलाई जनही बीस हजार एक सय नगद प्रदान गरिनेछ । प्रतियोगितामा उदयमान खेलाडीलाईं १० हजार र अनुशासित टीमले १५ हजार प्राप्त गर्नेछ। 

प्रकाशित: २ माघ २०७५ ०३:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App