१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

झापा–११ ले उचाल्याे फाल्गुनन्द गोल्डकपकाे उपाधि

उपाधिका साथमा झापाकाे टाेलि। तस्बिर : गिरिराज/नागरिक

पाँचथर - दशौँ रुस्लान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापा–११ ले जितेको छ। सोमबार सम्पन्न फाइनलमा विभागिय टोलि त्रिभुवन आर्मी क्लबलाई हराउँदै झापाले सिजनको पहिलो उपाधि चुमेको हो।

उपाधि भिडन्तमा आर्मीलाई २–१  गोल अन्तरले हराउँदै झापा च्याम्पियन बनेकाे हाे। झापाकाे जितमा पुजन उभरकोटि नायक रहे। उनले २ गाेल गरे। प्रतिष्पर्धात्मक बनेकाे खेलकाे २३ औँ मिनेटमा पुजनले गाेल गर्दै आफ्नाे टाेलिलाई अग्रता दिलाएका थिए। खेलको ७१ औँ मिनेटमा आर्मीका राजिव गुरुङले  गोल गर्दै खेल बराबरी ल्याएपनि निर्धारित समय सकिन ७ मिनेट बाँकी रहँदा पुजनले नै झापाकालागि व्यक्तिगत दाेस्राे गाेल गर्दै जित सुनिश्चित गराए।

उपाधि विजेता झापाले ४ लाख तथा आर्मीले २ लाख रुपैयाँ प्राप्त गरे। प्रतियोगितामा भापाका डिफेण्डर देवेन्द्र तामाङ सर्वोकृष्ट खेलाडी घोषित भए। सर्वोकृष्ट खेलाडी घोषित तामाङले मोटरसाइकल प्राप्त गरे। हाई स्कोररको पुरस्कार भने झापाका क्याप्टेन कर्ण लिम्बुले प्राप्त  गरे। उनले प्रतियोगिता अवधिमा चार गोल गरेका थिए।

फिदिम स्पोर्टिङ क्लब र पाँचथर फुटवल  संघले प्रतियोगिता पुष २१ गतेबाट आयोजना गरेको थियो। प्रतियोगितामा दश टाेलिको सहभागिता रहेको थियो।

प्रकाशित: ३० पुस २०७५ १५:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App