१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

त्रिभुवन आर्मी सेमिफाइनल प्रवेश

इटहरी – त्रिभुवन आर्मी क्लब सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगितामाको सेमिफाइनलमा प्रवेश गरेको छ। समुह ‘बी’ अन्तर्गत बुधबार भएको खेलमा आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो।

इनरुवा खेल मैदानमा भएको प्रतियोगितामा प्रदेश–६ लाई हराउँदै आर्मीले सेमिफाइनलमा स्थान पक्का गरेको हो। अघिल्लो खेलमा प्रदेश–३ लाई आर्मीले पाखा लगाएको थियो। बुधबारको खेलमा आर्मीले सतप्रतिसत नतिजा निकाल्ने क्रममा प्रदेश–६ लाई २ सय ४९ रनले पराजित गरेको हो।

आर्मीले दिएको ३ सय १५ रनको लक्ष्य पछ्याएको प्रदेश–६ ले २५.५ ओभर खेल्दै ६५ रन मात्र बटुल्न सक्यो। टिमका लागि फराकिलो जित दिलाउन आर्मीका कुशल मल्लले ४ र सहाब आलमले ३ विकेट लिए।

प्रदेश–६ का लागि निश्चल महतले २७ र टेक सलामीले १६ रन जोडे। प्रदेश–६ का ६ जना ब्याट्सम्यान खाता नखोल्दै आउट भएका थिए। यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको आर्मी ४७.२ ओभरमा अलआउट भएको थियो। अलआउट हुनुअघि कप्तान विनोद भण्डारीको शतकको मद्दतमा आर्मी क्लबले ३ सय १४ रन जोडेको थियो।

विष्फोटक ब्याटिङ गरेका भण्डारीले ६५ बल खेल्दै १३ चौका र ३ छक्काको मद्दतमा १ सय ३ रन जोडेका थिए। त्यसैगरी, टिमको लागि ३ सय रनको आङ्कडा पार गराउने क्रममा भीम सार्कीले ९६ रनको पारी खेले। खेलको म्यान अफ दी म्याच आर्मीका कप्तान भण्डारी घोषित भए।

प्रकाशित: २६ पुस २०७५ ००:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App