१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भाँडा बोक्ने गाडीमा लागुऔषध बरामद, चालकसहित तीन जना पक्राउ

उदयपुर - उदयपुर प्रहरीले भाँडाकुडा बोक्ने गाडीमा लागुऔषध ओसार पसार गर्ने गरेको फेला पारेको छ। मंगलबार विहान ५ बजे चेकजाँचको क्रममा उदयपुर र सप्तीको सीमास्थल त्रियुगा नगरपालिका ६ को लालपत्ता प्रहरी चौकीले उक्त भाँडाकुडा बोक्ने गाडीमा लागुऔषध बरामद गरेपछि ओसार पसार हुने गरेको तथ्य बाहिर आएको हो।

सिरहाको लाहानबाट भाँडाकुडा बोकेर गाईघाटतर्फ आउँदै गरेको स १ च १६९७ नं. को बोलेरो जीपमा नियमित चेकजाँचको क्रममा शंका लागेर खानतलासी गर्दा त्यसमा सवार २ जनाको शरीरबाट २४ थान –एम्पुल र अन्य लागुऔषध फेला पारिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

जीपमा सवार त्रियुगा नगरपालिका १२ का १९ वर्षीय जेनिस राई र सोही नगरपालिका ११ का १६ वर्षीय निशान रिजालको शरीर खानतलासीको क्रममा डाइजोपाम, लुपिजेसिक र फेनारगन जस्ता लागुऔषध फेला परेको प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताए

उनका अनुसार लागू औषध बरामद भएपछि दुवैलाई नियन्त्रणमा लिइएको हो। त्यस्तै जिप र चालक सिराहा सरदुवानकट्टी ६ का २९ वर्षीय देवकृष्ण खडगा यादवलाई पनि नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि प्रक्रिया अघि बढाइएको एसपी राईले बताए।

प्रकाशित: २४ पुस २०७५ ०७:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App