१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

फाल्गुनन्द गोल्डकप : एपिएपलाई रोक्दै झापा सेमिफाइनलमा

बल नियन्त्रणमा लिँदै एफिएफका गोलरक्षक। तस्बिर : गिरिराज/नागरिक

पाँचथर – कप्तान कर्ण लिम्बुको दुई गोलप्रेरित झापाले–११ विभागीय टोली एपिएफलाई पराजित गर्दै सदरमुकाम फिदिमस्थित फिदिम माविको खेलमैदानमा जारी रुस्लान दशौँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा झापाले एपिएपविरुद्ध ३–१ को जित निकालेको हो।

एपिएफमा पहिलो रोजाइका खेलाडी नभएको फाइदा उठाउँदै झापाले सहज जित निकालेको हो। खेलमैदानमा पटकपटकको अनुभव हासिल गरेका झापाका खेलाडीसामु एपिएफका खेलाडी निरीह बने। एपिएफ बाई पाएर सीधै क्वाटरफाईनलमा प्रवेश गरेको थियो। झापाले पहिलो खेलमा ताप्लेजुङलाई हराएर क्वार्टरफाइनलमा प्रवेश गरेको थियो।

खेलको २३औँ मिनेटमा झापाका क्याप्टेन लिम्बुले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए। डिफेन्डर झुक्किँदा देवेन्द्र तामाङको क्रसलाई डी एरियाबाहिरबाटै कर्णले गरेको प्रहार गोलमा परिणत भएको थियो। खेलको ३२औँ मिनेटमा एफिएफका मनीष लामाले गोल गर्दै खेल बराबरी गरेका थिए। कुमार दोङको पासलाई लामाले गोलमा परिणत गरेका थिए।

तर यो बराबरी धेरै समयसम्म टिकेन।  खेलको ३८औँ मिनेटमा  दिलेन लोक्तामले गोल गर्दै पुनः झापााको अग्रता कायम गरे। एपिएफका गोलकिपर रोमन रसाइलीलाई बिट गर्दै लोक्तामले गोल गरेका थिए। पहिलो हाफको इन्जुरी टाइममा लिम्बुको उत्कृष्ट प्रहार बाहिरिएको थियो।

खेलको ८५औँ मिनेटमा झापाका लिम्बुले गोल थप्दै अन्तर फराकिलो बनाए।  दिलेन लोक्तामको पासलाई  हेडमार्फत लिम्बुले गोल गरे। केही मौका सदुपयोग गर्न नसक्दा लिम्बु ह्याट्रिक गर्न चुके। दुई गोल गरेका लिम्बु म्यान अफ दी म्याच घोषित भए। ‘खेलाडीलाई मैदानको राम्रो अनुभव  तथा एफिएफका जुनियर खेलाडी आएकाले जितमा विश्वस्त थियौँ,’ झापाका प्रशिक्षक प्रवेश कटुवालले भने, ‘अपेक्षाकृत जित निकाल्न सफल भयौँ।’

प्रतियोगितको मंगलबार हुने खेलमा आयोजक फिदिम स्पोर्टिङ क्बलले त्रिभुवन आर्मी क्लबको समाना गर्नेछ।

प्रकाशित: २४ पुस २०७५ ००:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App