१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

एकता दिवसमा पुस्तक प्रदर्शनी

काठमाडौं - पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको पुस्तक प्रदर्शनी गत पुष १४ गतेबाट जारी छ। आम पाठकहरूलाई मध्यनजर गर्दै भएको प्रदर्शनी पुष २९ गतेसम्म चल्नेछ। प्रतिष्ठानले वार्षिक रूपमा आयोजना गर्ने विभिन्न कार्यक्रममध्ये पुस्तक प्रदर्शनी पनि एक रहेको प्रतिष्ठानले जनाएको छ।

पाठकले रुचाएका विभिन्न साहित्यिक, आर्थिक, भाषाभाषी, बालसाहित्य, लोकसाहित्य, दर्शनजस्ता महत्वपूर्ण पुस्तक प्रदर्शनीमा छन्। ‘अनलाइन तथा आधुनिक प्रविधि भित्रिए पनि पुस्तक पढ्ने पाठकहरूको संख्या भने घटेको छैन,’ पुस्तक प्रदर्शनीका व्यवस्थापक सुधीर ढुंगेलले भने, ‘आम पाठकहरूको माग र आवश्यकतालाई मध्यनजर गर्दै प्रदर्शनी गरेका हौं। पाठकहरूको माग र आवश्यकता हेरेर अझै केही दिन प्रदर्शन अवधि थप्न सकिने सम्भावना छ।’

प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले अबको केही वर्षमा स्थानीय तथा प्रादेशिक सरोकारहरूसँग समन्वय गरेर प्रादेशिक तथा स्थानीयस्तरसम्म पुस्तक प्रदर्शनी गर्ने योजना रहेको बताए। ‘यसका लागि पहिलो चरणमा निजी क्षेत्रलाई आह्वान गर्ने र प्रत्येक प्रदेश तथा स्थानीयस्तरसम्म लैजाने योजना छ’, उनले भने। हाल चार सयभन्दा बढी पुस्तक प्रदर्शनीमा राखिएको छ। जसमा १५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको व्यवस्थापक ढुंगेलले बताए।
उनले बौद्धिकस्तरबाट अध्ययन अनुसन्धान विधिबाट लेखिएका पुस्तक प्रदर्शनीमा राखिएको जनाए। प्रदर्शनीमा २ रुपैयाँदेखि १४ सयसम्म मूल्यको पुस्तक बिक्रीका लागि राखिएको छ। प्रतिष्ठानले पुस्तक प्रदर्शनी वार्षिक रूपमा ३ देखि ४ पटकसम्म आयोजना गर्ने गरेको जनाएको छ।

प्रदर्शनीमा सहभागी चन्द्रबहादुर ठकुरीले पुस्तक प्रदर्शनीको राम्रो बजारीकरण नभएको हुँदा काठमाडौंभित्र मात्रै खुम्चिएर बस्नु परेकाले सबै पाठकहरूले पुस्तक पढ्नबाट वञ्चित भएको बताए। अर्की पाठक बन्दना श्रेष्ठले बाहिर खोज्दा नपाएको पुस्तक प्रदर्शनीमा सस्तो र सुलभ मूल्यमा पाएको कारण सधैं आउने गरेको बताइन्।

प्रकाशित: २३ पुस २०७५ ०५:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App