१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

‘मिनी फेवाताल’ मा पर्यटक बढे (फाेटाे फिचर)

पाल्पाको रामपुरमा कालिगण्डकीको पानी ल्याएर बनाईएको तालपोखरा। तस्बिर : मुक्ति/ नागरिक

पाल्पा - रामपुरमा कृत्रिम रुपमा बनाइएको तालपोखराले ‘मिनी फेवाताल’ को संज्ञा पाएको छ। पूर्वी पाल्पाको रामपुर नगरपालिका भित्रने जो कोही पनि तालपोखरा अवलोकन गर्न पुग्छन्। तालमा डुङ्गा चल्न थालेपछि रामपुरमा पर्यटकको चहलपहल बढेको छ। वर्षायामको बेलामा पानी जम्मा हुने पोखरीलाई फेवातालको झल्को दिने गरी तालमा परिणत गरिएको छ। तीन वटा डुङ्गामा ताल घुम्ने व्यवस्था गरिएको छ।

पोखराको फेवाताल र ताल बाराही मन्दिरको स्वरुप तालपोखरालाई दिइएको छ। ७० रोपनी क्षेत्रफलमा पोखरी निर्माण गरिएको छ। जसमा ४० रोपनी क्षेत्रफलमा ताल निर्माण गरिएको छ। बाँकी भागमा पार्क निर्माणाधिन छ। जसको बीचमा ताल बाराही मन्दिर निर्माण गरिएको छ। डुङ्गा चढेर मन्दीर दर्शन गर्न पुग्न सकिन्छ। सरकारले घाेषणा गरेकाे एक सय नयाँ पर्यटकीय गन्तव्य मध्ये तालपोखरा समेत एक हो। तालपोखरा क्षेत्रलाई स्थानीयकै परिकल्पनामा विकास गरिएको हो। जसका लागि यहाँ गत वर्ष धनधान्यान्चल महायज्ञ गरि एक करोड २० लाख रुपैयाँ संकलन गरिएको थियो। बिहान, दिउँसो, साँझ जुनसुकै बेला पनि यहाँ अवलोकन गर्न र रमाउन आउनेको जमात अहिले बढ्दो छ। तालपोखरा संरक्षण समितिका अध्यक्ष भरतराज देवकोटाले तालपोखरा पोखराको फेवाताल जस्तै पर्यटन प्रवर्द्धनका लागि रामपुरको मेरुदण्ड बन्ने बताए। उनी भन्छन्, ‘ताल अवलोकन गर्न आउने आन्तरिक पर्यटकको चहलपहल बढ्दो छ। दैनिक एक सयभन्दा बढी अवलोकनकर्ताहरु रामपुर आउन थालेका छन्। यसले हामीलाई उत्साहित बनाएको छ।’ २०६६ सालदेखि यहाँ पर्यटन प्रवर्द्धनकाे काम अगाडि बढाउन थालिएको हो। अहिले फेवातालको झल्कोस्वरुप तालकाे बीचमा मन्दीर स्थापना गरिएको हो', देवकोटाले भने।

कालीगण्डकीको पानीलाई लिफ्टीङ् गरि तालमा भरिएको पानीमा डुङ्गामा शयर गर्ने, तालको बीचमा रहेको मन्दिरमा पुजा आराधना गर्नेहरुको चहलपहल बढेकाे तालपोखरा संरक्षण समितीले जनाएको छ। तालपोखरामा डुङ्गाका लागि पचास रुपैयाँ टिकट काट्नु पर्छ।

 

पाल्पाको रामपुरमा कालिगण्डकीको पानी ल्याएर बनाईएको तालपोखरा। तस्बिर : मुक्ति/ नागरिक
पाल्पाको रामपुरमा कालिगण्डकीको पानी ल्याएर बनाईएको तालपोखरा। तस्बिर : मुक्ति/ नागरिक
पाल्पाको रामपुरमा कालिगण्डकीको पानी ल्याएर बनाईएको तालपोखरा। तस्बिर : मुक्ति/ नागरिक
पाल्पाको रामपुरमा कालिगण्डकीको पानी ल्याएर बनाईएको तालपोखरा। तस्बिर : मुक्ति/ नागरिक
पाल्पाको रामपुरमा कालिगण्डकीको पानी ल्याएर बनाईएको तालपोखरा। तस्बिर : मुक्ति/ नागरिक
पाल्पाको रामपुरमा कालिगण्डकीको पानी ल्याएर बनाईएको तालपोखरा। तस्बिर : मुक्ति/ नागरिक
पाल्पाको रामपुरमा कालिगण्डकीको पानी ल्याएर बनाईएको तालपोखरा। तस्बिर : मुक्ति/ नागरिक
पाल्पाको रामपुरमा कालिगण्डकीको पानी ल्याएर बनाईएको तालपोखरा। तस्बिर : मुक्ति/ नागरिक
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App