१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बाैद्ध मूर्ति चोरीको आशंकामा तीन जना पक्राउ

डोल्पा - डोल्पाका विभिन्न स्थानमा रहेका प्राचिन ऐतिहासिक बौद्ध गुम्बाहरुका मूर्तिहरु चोरीको आशंकामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

उपल्लो डोल्पामा रहेका गुम्बाहरुबाट चोरी भएका बहुमुल्य मूर्तिहरुको लामो समयदेखि अनुसन्धान गर्दै आएको प्रहरीले काठमाडाैंको बौद्धबाट मूर्ति चोरीको आशंकामा उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा डोल्पो बुद्ध गाँउपालिकाका वडा नं १ का स्थानीय झ्याम्पा लामा सहितका तीन जना रहेका छन्। पक्राउ परेकालाइ शुक्रबारमात्रै डोल्पा पुर्‍याएर अनुसन्धानकाे थालनी गरिएकाे प्रहरीले जानकारी दिएकाे छ। पक्राउ परेकामाथि अनुसन्धान भइरहेकाले अहिले नै केही भन्न नमिल्ने जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरिक्षक अभदेश बिष्टले बताए।

बौद्धमार्गीहरुको आस्थाका धरोहरका रुपमा रहेका उपल्लो डोल्पाका दर्जनौ प्राचीन मूर्तिहरु चोरी हुनेक्रम बढ्दै गइरहेको बेला चोरीको आशंकामा स्थानीयकाे नै संलग्नता रहेको पाइनुमा अनुसन्धान थप रहस्यमय बनेको छ। उपल्लो डोल्पाका शे–गुम्बा, रे–गुम्बा, मिखिम गुम्बा,गाँकर गुम्बा, बोन गुम्बा लगायतका दर्जनौं गुम्बाहरुबाट प्रत्येक बर्ष मूर्ति चोरी हुँदै आएका छन्।

शे–फोक्सुन्डो गाँउपालिका अन्तर्गत रिग्मो गाँउमा पर्ने ६ सय बर्ष पुरानो थासोङ छोलिङ गुम्बाबाट ७ थान मूर्ति र वडा नं ४ मा रहेको राहप गुम्बाबाट ४२ थान बौद्ध मूर्तिहरु यसै बर्ष चोरी भएपनि अझै पत्ता लाग्न सकेको छैन्।

 

प्रकाशित: २१ पुस २०७५ ११:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App