१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मोबाइलमा कुरा गर्ने सपना साकार हुँदै

डोल्पा – उपल्लो डोल्पास्थित भोटक्षेत्रका स्थानीयको मोबाइलमा कुरा गर्ने सपना साकार हुने भएको छ। उत्तरी सिमा क्षेत्रमा पर्ने उपल्लो डोल्पाका दुई स्थानमा जी.एस.एम मोबाइल टावर बन्न थालेपछि उनीहरूको मोबाइलमा कुरा गर्ने सपना साकार हुन लागेको हो।

शे–फोक्सुन्डो गाउँपालिका अन्तर्गत पर्नेे वडा नम्बर ३ साल्दाङ्ग र ताल छेउमै रहेको वडा नम्बर ८ रिग्मो गाउँमा जी.एस.एम मोबाइल टावर बन्ने भएको हो। मोबाइल टावर निर्माण भएपछि उत्तरी सिमा क्षेत्रमा पर्ने उक्त गाउँपालिकाका ४ हजार जनसंख्या लाभान्वित हुनेछन्।

सम्पुर्ण वडालाई मोबाइल सेवा दिने उदेश्यका साथ टावर निर्माण गर्न लागिएपनि अग्ला डाँडाकाँडाका कारण भिजेर र पुग्मो गाउँका स्थानीयले सेवा उपयोग गर्न नपाउने गाउँपालिकाले जानकरी दिएको छ। सेनाको हेलिकप्टरबाट टावरका लागि आवश्यक सम्पुर्ण उपकरणहरू उपल्लो डोल्पामा ढुवानी गरिएको छ।

सुर्खेतबाट हेलिकप्टरमा २ दिन लगाएर सम्पुर्ण सामाग्रीहरू उपल्लो डोल्पा ढुवानी गरिएको हो। उपल्लो डोल्पामा अहिलेसम्म पनि सञ्चारको भरपर्दो सुविधा छैन्। “वर्षौदेखि संचार सुविधाबाट बञ्चित थियौँ,करिब एक वर्षको लगातार संघर्षपछि गाउँपालिकाका २ ठाउँमा मोबाइल टावरकालागि उपकरणहरू ढुवानीगर्न सफल भयौँ,” गाउँपालिकाका अध्यक्ष टासी टुण्डुप गुरुङ्गले भने।

अत्याधिक चिसोले गर्दा पुस र माघमा सिमेन्ट लगाएतको काम नहुने भएकाले चैत्रसम्म सेवा सञ्चालनमा ल्याइने गाउँपालिकाले जनाएको छ। टावर राख्नका लागि दुबै ठाउँमा भवन निर्माण भइसकेको बताइएको छ।

प्रकाशित: १८ पुस २०७५ ०७:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App