१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

डोल्पाका स्थानीय तहहरुमा १३ करोड बेरुजु

डोल्पा - डोल्पाका आठ ओटा स्थानीय तहहरुमा १३ करोड बराबरको आर्थिक बेरुजु रहेको पाइएको छ। महालेखा नियन्त्रकको कार्यालयबाट आएको लेखा परीक्षकहरुको टोलीले लेखा परिक्षणको क्रममा बेरुजु उठाएको हो।

गत असोजको अन्तिम साता डोल्पा आएको लेखा परीक्षकको टोलीले लेखा परीक्षण गरेर फर्केको झण्डै तीन महिनापछि स्थानीय तहहरुमा आर्थिक लेखा परीक्षणको प्रतिवेदन हुलाक मार्फत पठाएपछि ठुलो मात्रामा आर्थिक बेरुजु रहेको पाइएको हो।

स्थानीय तहहरुमा ठुलो आर्थिक बेरुजु भएको खुल्न आएपछि सुचना चुहिने डरले डोल्पाका स्थानीयतहरुले संचारकर्मिहरुले बारम्बार सुचना माग गर्दा समेत दिन मानेका थिएनन्। ठुलो मात्रामा आर्थिक बेरुजु हुनुमा स्थानीय निकायले आर्थिक ऐन विपरित राजनीतिक दवावमा रकम खर्च गरिनु, आर्थिक मापदण्ड बाहिर गएर मनपरि खर्च गर्नु, आर्थिक ऐनले नदिएको भ्रमण तथा बैठक भत्ता लगायत दैनिक भ्रमणभत्ता लिनु, अधिकांश बिलभरपाई एउटै पसलका हुनु लगायतका कारण रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ।

डोल्पाका आठ ओटा स्थानीयतहहरुमध्ये सबैभन्दा बढी त्रिपुरासुन्दरी नगरपालिकाको तीन करोड बढी बेरुजु रहेकाे छ। यसै गरी ठुलीभेरी नगरपालिकाको २ करोड, शे-फोक्सुण्डो गाउँपालिकाको २ करोड १५ लाख ,डोल्पोबुद्ध गाउँपालिकाको ९२ लाख, छार्का ताङसोङ्गको १ करोड, मुड्केचुलाको १ करोड, काइके गाउँपालिकाको १ करोड ७५ लाख र जगदुल्ला गाउँपालिकाको २ करोड बेरुजु रहेकाे छ।

महालेखा परिक्षण गर्न डोल्पा पुगेको महालेखा परीक्षक नियन्त्रण कार्यालयको टोलीले डोल्पाका स्थानीय तहहरुबाट केहि आर्थिक लाभको आशा गरेको र त्यो नदिएपछि बदनियत राखेर मनपरि बेरुजु उठाइ दिएको त्रिपुरासुन्दरी नगरपालिकाका एक कर्मचारीले बताए।

प्रकाशित: १६ पुस २०७५ १०:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App