१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘रुस र बेलायतबीच जनवरीबाट कूटनीतिज्ञ आदानप्रदान’

बेलायतका लागि रुसी राजदूत एलेक्सजेन्डर याकोभेन्को। फाइल तस्बिर : एजेन्सी

लन्डन – बेलायत र रुसबीच लामो समयदेखि जारी कूटनीतिक तिक्तता अन्त्य हुने भएको छ। मस्को र लन्डनबीच आ–आफ्ना दूतावासमा केही कर्मचारीलाई खटाउने सहमति भएसँगै दुई देशबीच जारी कूटनीतिक समस्या हल हुने भएको हो। सन् २०१८ को सुरुवातमा बेलायत र रुसले एकअर्काका कूटनीतिज्ञलाई देश निकाला गरेपछि दुई देशबीचको कूटनीतिक समस्या चरम उत्कर्षमा पुगेको थियो।

रुसी दूतावासले शुक्रबार जनाएअनुसार यसै वर्षको सुरुवातमा एकअर्काले दर्जनौं कूटनीतिज्ञलाई निष्कासन गरेपछि भएको कूटनीतिक समस्या एकअर्काका दूतावासमा आफ्ना केही कर्मचारीलाई पुनः खटाउने निर्णय भएसँगै हल हुनेतर्फ गएको हो।

रुसी दूतावासको जानकारीबारे प्रतिक्रिया लिन खोज्दा तत्कालका लागि बेलायती विदेश मन्त्रालय र रुसी विदेश मन्त्रालयका कोही पनि अधिकारी सम्पर्कमा नआएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ। ‘हामीबीच मस्को र लन्डनमा रहेको कूटनीतिक नियोगहरुमा सन् २०१९ को जनवरीदेखि कूटनीतिक कर्मचारीलाई पुनः स्थापना गर्नेबारे भद्र सहमति भएको छ,’ लन्डनका लागि रुसी राजदूत एलेक्सजेन्डर याकोभेन्कले टेलिभिजनलाई दिएको अन्तर्वार्तालाई उद्धृत गर्दै रुसी समाचार एजेन्सी ‘टिएएसएस’ले जनाएको छ।

रुसका पूर्वगुप्तचर सेर्गेई स्क्रिपाल र उनकी छोरीमाथि गत मार्च महिनामा बेलायती सहर साल्सबरीमा भएको रासायनिक हमलामा क्रेमलिनको संलग्नता रहेको भन्दै बेलायतले २३ रुसी कूटनीतिज्ञलाई लन्डनबाट निष्कासन गरेको थियो।

‘दुई देशबीचको सहमति दुवै देशका दूतावासमा काम गर्ने सबै कर्मचारीमा लागू हुन्छ भन्ने विषय म ठोकुवा गरेर भन्न त सक्दिँन तर यति चाहिँ भन्न सक्छु कि पछिल्लो सहमतिले केही कर्मचारीलाई भने पक्कै पनि पुनः स्थापना गर्नेछ,’ राजदूत याकोभेन्कलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ। राजदूत याकोभेन्को भनाइलाई लन्डनस्थित रुसी दूतावासका प्रवक्ताले पनि पुष्टि गरेको रोयटर्सले जनाएको छ। रुसका पूर्वगुप्तचर सेर्गेई स्क्रिपाल र उनकी छोरीमाथि गत मार्च महिनामा बेलायती सहर साल्सबरीमा भएको रासायनिक हमलामा क्रेमलिनको संलग्नता रहेको भन्दै बेलायतले २३ रुसी कूटनीतिज्ञलाई लन्डनबाट निष्कासन गरेको थियो।

पूर्वगुप्तचर र उनकी छोरीमाथि भएको रासायनिक हमलामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको रुसले पनि सोही संख्याकै बेलायती कूटनीतिज्ञलाई मस्कोबाट लन्डन पठाएको थियो। यो घटनापछि रुस र बेलायतबीचको कूटनीतिक समस्या चर्किदै गएको थियो। लन्डनकै सिको गर्दै कतिपय पश्चिमा देशले पनि मस्कोका कूटनीतिज्ञलाई देश निकाला गरेका थिए।

प्रकाशित: १५ पुस २०७५ ०३:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App