१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘रोड–रेल ब्रिज’ ले चीन सीमाना सुरक्षाको आधार'

भारत - भारतले मङ्गलबार उत्तरपूर्वी राज्य आसाममा रहेको सबैभन्दा लामो ‘रेल–रोड ब्रिज’ को उद्घाटन गरेको छ। पुलको सञ्चालनले भारतको चीनसँगको संवेदनशील मानिएको सीमानामा सुरक्षालाई प्रत्याभूत गर्न नयाँ बाटो खुलेको भारतीय अधिकारीले जनाएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रम्हपुत्र नदीमा बनाइएको ४.९ किलोमिटर लामो बोगिविल पुलको एक भब्य समारोहबीच उद्घाटन गरेका छन्। पुल निर्माण गर्न करिब दुई दशक लागेको र निर्माण खर्च ८० करोड अमेरिकी डलर खर्च लागेको भारतीय अधिकारीहरूले बताएका छन्।

दिब्रुगढ शहर नजिकै बनाइएको उक्त पुलका कारण चीनसँग नाका रहेको अरुणाञ्चल प्रदेशमा सुरक्षाका लागि सैन्य गतिविधिलाई पु-याउन सहज हुनेछ। भारतले चीनसँग १९६२ को युद्धमा सैनालाई सहज तैनाद गर्न नसक्दा अरूणाञ्चल प्रदेशको केही भूमि गुमाएको बुझाई भारतीय पक्षको रहेको छ। पुलले ६० टन बराबरको वजन धान्नसक्ने दावी गरिएको छ जसका कारण युद्धका लागि आवश्यक लडाकू जेटलाई पुलमा नै अवतरण गर्न सकिनेछ।

भारतले रणनीतिक सुरक्षाका लागि महत्व राख्ने ९.१ किलोमिटर लामो अर्को एउटा पुलको पनि सन् २०१७ मा निर्माण सम्पन्न गरेको थियो।

प्रकाशित: ११ पुस २०७५ ०४:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App