१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

क्रिकेटर क्यामरुन योग प्रशिक्षणतिर

सिड्नी – बल टेम्परिङका कारण ९ महिना प्रतिबन्धको सामना गरिरहेका अस्ट्रेलियन क्रिकेटर क्यामरुन बेनक्रफ्टले क्रिकेट प्रशिक्षण छाड्दै योग प्रशिक्षण सुरु गरेका छन्। गत, मार्चमा दक्षिण अफ्रिकाविरुद्धको टेस्ट क्रिकेटमा बेल टेम्परिङ (बलको आकार मोड्नु) मा दोषी ठहर गर्दै क्यामरुनमाथि ९ महिनाको प्रतिबन्ध लागेको थियो। सोही खेलका कप्तान स्टेभन स्मिथ र उपकप्तान डेविड वार्नरमाथि भने एक वर्षको प्रतिबन्ध लागेको थियो।

क्यामरुनमाथि प्रतिबन्ध आगामी ३० डिसेम्बरमा फुकुवा हुनेछ। ‘पछिल्लो समय समालिएको छु। अब क्रिकेटलाई जीवनको हिस्सा बनाउने बारे सोच्न सक्दिनँ, ‘२६ वर्षे क्रिकेटर बेनक्रफ्टले आपूmसँग प्रश्न गर्दै भने, ‘सायद क्रिकेट तिम्रो लागि नहुन सक्छ। के अब म फर्कन्छु ?’ आगामी ३० डिसेम्बरमा बिग ब्यास ट्वान्टी–२० क्रिकेटमा खेल्ने अवसर पाए पनि क्यामरुनले क्रिकेट करियरलाई बिट मार्ने बताएका हुन्।

उनले क्रिकेटको जीवनबाट बाहिरिँदा योगाले नै आफूलाई समालिने अवस्था सिर्जना गरेको बताएका छन्। अस्ट्रेलियन प्रशिक्षक जस्टिन लंगेर र वेस्टर्न अस्ट्रेलियाका मेन्टर एडम भोग्सले उनी क्रिकेटबाट बाहिरिँदा सम्हाल्ने अवस्था भए पनि सहयोग नगरेको आरोप लगाएका छन्।  खराब अवस्थामा ब्रिस्बेन ट्रिपमा समावेश नगरेको प्रति उनले रोष प्रकट गरे।

‘यस्तो अवस्थामा प्रशिक्षकले पनि सहयोग नगर्दा कसरी क्रिकेटमा फर्कने अवस्था रहन्छ,’ क्रिकेटर क्यामरुनले भने, ‘जब तिमीसँग बुद्धि रहन्छ र तिम्रो व्यावसायिक क्रिकेट करियरबारे पनि कसैले सोच्दैन भने पुनः फर्किने अवस्था नै रहँदैन।’ उनले त्यो समय दक्षिण अफ्रिकामा गरेको गल्तीमा आफूले माफी मागेर ठीकै नहुने अवस्था रहेको समेत बताएका छन्।

‘त्यसपश्चात् (प्रतिबन्ध) हामीले क्रिकेट खेल्ने वातावरण बन्नुपर्ने थियो। तर, हुन सकेन र खेलमा समेत प्रभाव परेको छ,’ उनले भने।  प्रतिबन्धपश्चात् अस्ट्रेलियन क्रिकेटर संघले खेलाडीमाथि लगाइएको प्रतिबन्धबारे अस्ट्रेलिया क्रिकेटलाई एकपटक फेरि सोच्न अनुरोध गर्दै उनीहरूले घरेलु क्रिकेट खेल्ने वातावरण सिर्जना गर्न समेत अनुरोध गरेको थियो।

तर, अस्ट्रेलिया क्रिकेटले भने क्रिकेटरको अनुरोध अस्वीकार गरेको थियो। जसको कारण सोमेरेस्ट क्लबसँग क्यामरुनको करार पनि रद्द भएको थियो। तर, मेमा उनले विलेटनका लागि खेल्ने अवसर पाएका थिए। उनी सन् २०१९ का लागि दुर्हामका सबै फरम्याटका क्रिकेटमा पनि अनुबन्ध भइसकेका छन्।

प्रकाशित: ११ पुस २०७५ ०४:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App