१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रुकुमका अधिकांश मासु पसल अवैध

रुकुम - रुकुम (पश्चिम) को सदरमुकाम मुसिकोट खलंगामा अवैध रुपमा मासु पसल सञ्चालन गरिरहेको फेला परेको छ। मुसिकोट नगरपालिकाले गरेको अनुगमनबाट यस्तो फेला परेको हो। मुसिकोटका विभिन्न ठाउँमा खोलिएका अधिकांश मासु पसल अवैध रहेको पाइएको छ।

अनुगमनका क्रममा मुसिकोटका सल्ले र बागबजारमा खोलिएका अधिकांश मासु पसलहरु अवैध रहेको पाइएको नगर उप्रमसख प्रेमकुमारी सुनारले बताइन्। सल्ले र बागबजारका १४ वटा पसलमा अनुगमन गरिएकामा एउटा मात्र पसल दर्ता गरिएको पाइएको अनुमन समितिका संयोजक समेत रहेकी सुनारको भनाई छ।

अनुगमनका क्रममा अधिकांश मासु पसल अवैध रहेको भेटिएपछि नगरपालिकाले मासु पसललाई वैधानिक बनाउनका लागि एक हप्ताको समय दिएको छ। एक हप्तासम्म पनि पसल संचालनको प्रक्रिया पुरा नगरे बन्द गरीने नगरपालिकाले चेतावनी दिएको छ। अनुगमनको क्रममा पसल दर्ता नगरेको, साईनबोर्ड तथा मुल्य सूचि नराखेको, सरसफाईमा ध्यान नदिएको, खाद्यान्न पसल तथा किराना पसल र मासु पसल एकै ठाउँमा राखिएको जस्ता त्रुटीहरु भेटिएको उपप्रमुख सुनारले बताइन्।

मासु पसलले उपभोक्ताको स्वास्थ्यलाई ख्याल नगरेको अनुगमन टोलिको निष्कर्ष छ। पटक-पटक अनुगमनका क्रममा निर्देशन दिनेगरेपनि त्यो कार्यान्वयन नभएको अनुगमन समितिका सदस्यकाे भनाइ छ।

 

प्रकाशित: ८ पुस २०७५ १२:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App