१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

पार्टीलाई अघि बढाउन खुलेर छलफल गरेका छौं : अध्यक्ष दाहाल

तस्बिर : सविता/नागरिक

चितवन - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको स्थायी कमिटिको तेस्रो बैठकमा पार्टीलाई अगाडी बढाउन खुलेर छलफल गरेको बताएका छन्। पार्टीको बैठकमा भएका तितामिठा कुराहरु बाहिर आएजस्तो माहौल भने नरहेको उनले दाबी गरे।

भरतपुर महानगरपालिका वडा नम्बर ६ को पारसनगरमा रहेको सहिद स्मृति माविको स्वर्ण महोत्सवको अवसरमा आयोजित धनधान्याञ्चल ज्ञान महायज्ञको उद्घाटन गर्दै अध्यक्ष दाहालले स्थायी कमिटि बैठक भित्र सौहार्द रुपमा कुराकानी गरिएको बताए। बैठक बाहिर चर्चामा आएजस्ता विवाद पार्टीमा नभएको उनको भनाई छ। ‘असाध्यै राम्रो छलफलका साथ अगाडी बढेका छौं’ उनले भने, ‘खुलेर गरिएको छलफलबाट नयाँ अभियान लिएर पार्टी अगाडी बढ्ने छ।’ 

बैठकपछि सकारात्मक निस्कर्ष सहित पार्टी अगाडी बढ्ने उनको भनाई छ। पार्टीले सञ्चालन गर्ने देश समृद्ध बनाउने अभियानमा सबै दललाई सहभागी हुन उनले आग्रह समेत गरे। शिक्षा क्षेत्रको गुणस्तरलाई सुधार गर्न पार्टी र सरकार प्रतिबद्ध रहेको समेत उनले बताए। सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्नमा समेत ध्यान दिईएको उनी बताउँछन्। प्राविधिक र व्यवसायिक शिक्षालाई प्राथमिकता दिएर सैद्धान्तिक र सामान्य शिक्षाको मात्रालाई घटाउँदै लैजाने तयारी गरिएको अध्यक्ष दाहालले बताए। 

प्रकाशित: ५ पुस २०७५ १३:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App