१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
भिडियो

विदेशको लोभ देखाएर ठग्ने दलाल गाउँ गाउँमा सक्रिय

पात्र नम्बर १ः रौतहटका शुसिल पासवान । गाउँका अधिकांश साथीहरु विदेसिए ।सबै सहपाठीले विदेशबाट महिनै पिच्छे पैसा पठाएको देखेपछि शुसिलमा पनि विदेशको हुटहुटि चल्यो। अनि चिनेजानेकै एक दलालको सहारामा विदेसिने योजना उनले बनाए। तर दलाललाई डेढ लाख तिरेर कतार जाने अनि मनग्गे पैसा कमाउने सपना देखेका शुसिलको सपना बीचैमा तुहिन्छ। विदेश जाने त कता हो कता एजेन्टलाई दिएको डेढ लाख असुल्न पनि शुसिललाई मुस्किल पर्छ। आजित भएपछि शुसिल आफ्नो डुबेका पैसा उठ्ने आशमा वैदेशिक रोजगार विभागमा उजुरी गर्न रौतहट बाट काठमाडौं आउछन्।

पात्र नम्बर २: सुर्खेत साल्कोटका धर्मेन्द्र पाण्डे । ७ लाखमा पोल्याण्ड पठाइदिन्छु भन्दै १ वर्षमा उतैको पीआर पनि मिल्छ भन्ने दलालको पछिलाग्दा पाण्डेले पाउनु सम्मको दुखः पाए । १ लाख तीस हजार रुपैयाँ बुझाएका पाण्डे अहिले त्यो पैसा उठ्ला कि भन्ने आशमा राजधानी आइपुगेका छन् । तर बेला बेला मात्र पाण्डेको फोन उठाउने ति एजेन्टले अझै पनि धर्मेन्द्रलाई राम्रो देश पठाइदिन्छु अरु १ लाख पैसा थप भन्न छाडेका छैनन्।

पात्र नम्बर ३ः लक्षिराम डाँगी घर रोल्पा । गाउँमा कहिले काहीं घोडा देखेका रोल्पा तालावाङ्गका लक्षिराम डाँगीलाई एक दलालले घोडाको रेखदेख गर्ने कामका लागि टर्की पठाइदिने भनेर पकाउछन् । डाँगी नफकिउन पनि कसरी । मासिक झन्डै एक लाख रुपैयाँ तलब पाइने, त्यो पनि घोडाको हेरचाह गरेर। डाँगीले हुन्छ भने अनि टर्की पठाइदिने दलाललाई बुझाए एक लाखको बिटो । फेरी केही समयपछि भिसाको फोटोकपी देखाएर थप एक लाख माग्ने दलालले भिसाको म्याद सकिन लाग्यो, उड्ने दिन आयो भनेर ८ लाख जम्मा गर्न भन्छन् । एक लाख कमाइ हुने सपनाले डाँगीले ८ लाख जम्मा गर्छन तर ८ लाख जम्मागरेपछि भने उनलाई टर्की उडाउने दलाल फरार हुन्छन्।

पात्र नम्बर ४ः चन्द्र विक, घर सुनसरी चकरघट्टी । युद्दग्रस्त र लामो समय प्रतिबन्धको सूचीमा परेको अफगानिस्तान पठाइदिने दलालको झुटा आश्वासनमा परेर चन्द्रले दलाललाई ८ लाख बुझाउछन् । तर अफगानिस्तानको सपनाले चन्द्रलाई अफगानिस्तान होइन दिल्ली पुर्याउछ । दलालले पैसा लिएर दलाल सम्पर्कविहीन भएपछि चन्द्रलाई घरखर्च चलाउनै धौ धौ पर्छ । एक त आर्थिक कठिनाई झन् त्यस माथि साथि भाई र साहु सँग लिएको ऋण र त्यसको ब्याजले पिरोल्न थालेपछि चन्द्र दिल्ली तिर लाग्छन् रोजगारीको खोजीमा। दाईलाई अफगानिस्तान पठाईदिन्छु भन्दै ८ लाख दलालले खाएर भागेपछि चन्द्रकी बहिनी टिका पैसा खाने दलाल पक्राउ पर्ला अनि पैसा असुल होला भन्ने आशमा वैदेशिक रोजगार विभागमा उजुरी गर्न पुग्छिन्।

गरिवी, अशिक्षा, बेरोजगारी अनि लहडले धेरै नेपाली नेपालमै ठगिन्छन, कोही आफन्तबाटै ठगिन्छन कोही भने आखाँ चिम्लेर कसैलाई विश्वास गर्दा फस्छन्। वैदेशिक रोजगार सम्बन्धी पर्याप्त जनचेतनाको अभावमा सयौ नेपालीको लाखौ रुपैयाँ डुबेको छ।

विदेशिने नाममा दलालको पासोमा परेका केही प्रतिनिधि पात्र मात्र हुन् यी त । आर्थिक वर्ष २०७४ र ०७५ मा मात्र विदेश पठाइदिने नाममा १ हजार १ सय नौ नेपाली विभिन्न व्यक्ति बाट ठगिएका वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउछ । ती ११ सय नौ जनाले ७५ करोड ३७ लाख १० हजार रुपैया एजेन्टले खाएको भन्दै  असुल गरिदिन विभागमा उजुरी गरेका छन् । जस मध्ये १५ करोड २४ लाख ४५ हजार रकम विभागले असुल उपर गराईदिएको छ भने १ सय ९१ जना बिरुद्द अदालतमा मुद्दा नै दर्ता गरिएको छ । आर्थिक वर्ष ०७५ र ०७६ को पहिलो ३ महिनामा मात्र १५ करोड भन्दा बढी ठगिएको भन्दै २७८ जनाले विभिन्न व्यक्ति बिरुद्द उजुरी दर्ता गराएका छन्।

विदेशिने नाममा ठगिएका नेपाली तथा तिनका आफन्त

गरिवी, अशिक्षा, बेरोजगारी अनि लहडले धेरै नेपाली नेपालमै ठगिन्छन, कोही आफन्तबाटै ठगिन्छन कोही भने आखाँ चिम्लेर कसैलाई विश्वास गर्दा फस्छन्। वैदेशिक रोजगार सम्बन्धी पर्याप्त जनचेतनाको अभावमा सयौ नेपालीको लाखौ रुपैयाँ डुबेको छ। सरकारले एजेन्टको व्यस्था खारेज गरेपनि अझै पनि गाउँ गाउँमा अवैध दलालको बिगबिगी छ।

सरकारी अधिकारी भने सरकारले एजेन्टको व्यवस्था खारेज गरिसकेकाले कसैलाई पनि विश्वासको भरमा पैसा र पासपोर्ट नबुझाउन आग्रह गर्छन । वैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाईं सरकारबाट सुचिकृत मेनपावर होरहोइन,त्यो मेनपावरले आपूmले जान खोजेको देश पठाउन विदेशको माग ल्याएर पूर्व स्वीकृति लिएको छ–छैन बुझेर मात्र विदेश जाने प्रक्रिया सुरु गर्न आग्रह गर्छन।

यता वैदेशिक रोजगार व्यवसायी भने राज्यले एजेन्ट नियन्त्रण गर्न नसक्दा समस्या झन बढेको बताउछन् । वैदेशिक रोजगार व्यवसायी किरण किशोर घिमिरेको बुझाइमा विदेसिने कामदार स्वयं सचेत नबन्नु, विदेश जान मेनपावरमा सिधा सम्पर्क नगर्नु र राज्यले मेनपावरलाई मात्र दोष देख्ने प्रवृत्तिले  वैदेशिक रोजगारका समस्या बढेका हुन् । तर सरकारी अधिकारी भने सीमित स्रोत–साधनले गर्दा वैदेशिक रोजगारमा जाने कामदारका समस्या न्यूनीकरणमा समस्या झेल्नु परेको भन्दै आफ्नो बचाऊ गर्छन् ।  

वैदेशिक रोजगारका जानकार मधुविलास पण्डित वैदेशिक रोजगार सम्बन्धी सूचना र सही जानकारी स्थानीयतहमा पुर्याउन सके यस्ता ठगी केही हदसम्म न्यूनीकरण हुने विश्वास राख्छन्।

विदेसिने नाममा कसरी ठगिन्छन नेपाली ? ठगी बाट बच्ने उपाय के के हुनसक्छन?  हेर्नुहोस भिडियो 

 

प्रकाशित: ५ पुस २०७५ १२:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App