१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

आइपिएल अक्सन : वरुणको मूल्य ८ करोड ४० लाख

जयपुर – १२औं सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल)को अक्सनमा मंगलबार भारतका युवा स्पिनर वरुण चक्रवर्थी ८ करोड ४० लाख भारुमा बिक्री भएका छन्।

२० लाख अधिकतम मूल्य राखिएका २२ वर्षे वरुणलाई आगामी सिजनका लागि किङ्स–११ पन्जाबले आठ करोडभन्दा बढी भारुमा किनेको हो। जयपुरमा जारी अक्सनमा भारतीय टोलीका सदस्यसमेत रहेको जयदेव उनाडकडलाई पनि राजस्थान रोयल्सले ८ करोड ४० लाख खर्च गरेको छ।

आइपिएलको फ्रेन्चाइज टोली पन्जाबले पनि ट्विट गर्दै वरुणलाई स्वागत गरेको छ। १३ वर्षदेखि क्रिकेट खेलेका वरुणले अफ र लेग ब्रेक दुवै शैलीमा बलिङ गर्दै आइरहेका छन्। तर, उनले लिस्ट ‘ए’ क्रिकेट मात्र खेलेका छन्।

मंगलबारदेखि सुरु भएको अक्सनमा १ सय २० अन्तर्राष्ट्रिय खेलाडीसहित ३ सय ५० जनालाई समावेश गरिएको थियो। अक्सनमा कुल आठ फ्रेन्चाइज टोलीले सहभागिता जनाएका छन्। मंगलबारसम्म रोयल च्यालेन्जर्स बैंगलोरले शिवम् दुवेलाई पाँच करोड भारुमा खरिद गरेको छ।

वरुण चक्रवर्थी

उनले एक दिनअगाडि मात्र भएको रणजी ट्रफीमा एकै ओभरमा पाँच छक्का प्रहार गरेका थिए। विदेशी खेलाडीमध्ये समाचार तयार पार्दासम्म वेस्ट इन्डिजका कार्लो ब्राथवेट महँगो मूल्यमा बिक्री भएका छन्। बलिउड स्टार साहरुख खानको क्लब कोलकाता नाइटराइडर्सले ब्राथवेटलाई पाँच करोडमा आफ्नो बनाएको हो।

वेस्ट इन्डिजकै अर्का खेलाडी सिमरन हेटमायरलाई बैंगलोरले भने ४ करोड २० लाखमा खरिद गरेको छ। उनलाई खरिद गर्न दिल्ली, राजस्थान र कोलकाताले बोली लगाए पनि अन्त्यमा बैंगलोरले बाजी मारेको हो। वेस्ट इन्डिजकै अर्का खेलाडी निकोलस पुरनलाई भने पन्जाबले चार करोड २० लाखमा खरिद गरेको छ।

अस्ट्रेलियाविरुद्ध टेस्ट खेलिरहेका भारतीय टोलीका हनुमा बिहारीलाई भने दुई करोडमा दिल्ली डेयरडेभिल्सले आफ्नो बनाएको छ। गत वर्षको आइपिएलमा बिक्री नभएका ईशान्त शर्माले यस पटक भने आफूलाई प्रमाणित गरेका छन्। उनलाई दिल्लीले एक करोड १० लाखमा खरिद गरेको छ।

सनराइजर्स हैदराबादले ऋद्धिमन साहलाई १ करोड २० लाखमा आफ्नो बनाएको छ। भारतका स्पिनर अक्षर पटेललाई दिल्लीले पाँच करोड, मोहम्मद सामीलाई पन्जाबले पाँच करोड ३० लाख र मोहित शर्मालाई चेन्नई सुपर किङ्सले पाँच करोड भारुमा पहिलो दिन खरिद गरेका छन्।

त्यस्तै अनुभवी खेलाडी क्रिस वोक्स, चेतेश्वर पुजारा र ब्रेन्डेन म्याककुलमलाई पनि पहिलो दिन कुनै टोलीले खरिद गर्ने चासो देखाएका थिएनन्।

प्रकाशित: ४ पुस २०७५ ०४:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App