१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बसको ठक्करबाट दुईको मृत्यु

नेपालगन्ज– बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ जिगाउँमा भएको सडक दुर्घटनामा सोमबार दुई जनाको ज्यान गएको छ। कोहलपुरबाट बनकटुवाको सम्झना चोकतर्फ गरेको बालज्योती बोर्डिङ स्कुलको बा १ क ४४९५ नम्बरको बसले विपरित दिशाबाट आइरहेको लु४३प ९५९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। 

उक्त दुर्घटनामा परी मोटरसाइकलमा सवार सुर्खेत, लेकवेसी नगरपालिका वडा नम्बर १ निवासी बिक्रम गहतराज र गुर्भाकोटका मदन सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका दुबै जनालाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पु¥याइएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दियो। 

मृतकको शव शिक्षण अस्पताल कोहलपुरमै राखिएको छ। ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

प्रकाशित: २ पुस २०७५ १६:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App