१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पाल्पामा जीप दुर्घटना, ४ जनाको मृत्यु

पाल्पाको पूर्वखोला गाउँपालिका–२, जल्पामा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ। जल्पाबाट बहादुरपुर जाँदै गरेको लु १ ज २६५३ नम्बरको जीप बिहीवार राती दुर्घटना हुँदा अन्य पाँच जना घाइते भएका छन्। घाइतेलाई स्थानीयले उद्दार गरि युनाइटेड मिसन अस्पताल पाल्पामा उपचारका लागि पठाइएको छ। 

रातीको समय भएको र उद्दारमा समेत अप्ठ्यारो परेको वडाध्यक्ष नीरबहादुर सारुले बताए। दुर्घटना भएको र आफूहरु पुग्नेक्रममा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले बताए। आर्गिडाँडा ओढारे भन्ने स्थानमा जीप सडकबाट झण्डै ५ सय मिटर तल खसेको घटना स्थलमा पुगेका जल्पाका वडा अध्यक्ष नीर बहादुर सारुले बताए। दुर्घटनामा परी घटनास्थलमै ४ जनाको निधन भएको सारुले बताए। मृतकहरुको सनाखत हुन सकेको छैन। दुर्घटनास्थल भीर भएकोले अन्य यात्रुहरु समेत अड्किएको हुन सक्ने भन्दै खोजी तिव्र पारिएको बताइएको छ। 

प्रकाशित: २७ मंसिर २०७५ १५:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App