ब्रेक्जिट सम्झौता बचाउन बेलायती प्रधानमन्त्रीको दौडधुप

बिहिबार, २७ मङि्सर २०७५, १४ : २१ एजेन्सी

ब्रसेल्स- बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतृत्वविरुद्ध ल्याइएको अविश्वास प्रस्ताव बिफल भएसँगै ब्रेक्जिट सम्झौता र आफ्नो करिअर जोगाउन सङ्घर्षरत बेलायती प्रधानमन्त्री थेरेसा मे तीन दिनको बीचमा दोस्रो पटक ब्रसेल्स आइपुगेकी छिन्। 

युरोपेली युनियनको मुख्यालयमा हुने वार्तामा युरोपेली मध्यस्थकर्ताहरुले प्रधानमन्त्री मेका पछिल्ला धारणाहरुका बारेमा विचारविमर्श गर्नेछन्। तर, यसअघि नै युरोपेली युनियनसँग भएको ५८५ पृष्ठको बहिर्गमनसम्बन्धी सम्झौतामा भने तत्काल कुनै परिवर्तन हुने छैन। 

युरोपेली युनियनको शिखर बैठक बिहीबार बस्नेगरी तय भएको छ। बैठकमा युरोपेली युनियनमा आबद्ध देशका नेताहरु सहभागी हुने कार्यक्रम छ। गत नोभेम्बर २५ मा भएको युरोपेली युनियनको बैठकले बेलायतको बहिर्गमन सम्बन्धी सम्झौता (ब्रेक्जिट)लाई अनुमोदन गरेको थियो। 

तर निकै लामो बहस र मध्यस्थता पश्चात सम्पन्न उक्त सम्झौता भएलगत्तै बेलायतमा नयाँ विवाद उत्पन्न भएको छ। सम्झौताका विषयमा बेलायती जनमत र संसदमा चर्को बहस हुनुका साथै दोस्रो जनमतसङ्ग्रह गर्नुपर्ने आवाज उठेको छ। साथै, प्रधानमन्त्री मेको नेतृत्व क्षमताका बारेमा पार्टीभित्र र संसदमा छलफल भइरहेको छ। 

पार्टीभित्र नेतृत्व बिबाद एक वर्षका लागि टुङ्गिए पनि ब्रेक्जिटलाई बेलायतको संसदले औपचारिक अनुमोदन गर्नुपर्ने चुनौती अद्यापी छ। 

“बेलायतमा भएको छलफल हेर्दा परिस्थिति त्यति सहज देखिन्न, तर ब्रेक्जिटमा जटिलता नआओस् भन्ने हाम्रो चाहना हो। यसका निम्ति हाम्रो समर्थन रहन्छ,” अस्ट्रियाका चान्सलर सेबास्टियन कर्जले बताए। अस्ट्रियाले अहिले युरोपेली युनियनको अध्यक्षता गरिरहेको छ। युरोपेली आयोगका अध्यक्ष डोनाल्ड टस्कसँग यसै साता बस्ने युनियनको शिखर बैठकका कार्यसूची तय गर्न उनी ब्रसेल्स आइपुगेका छन्।

“स्पष्टै छ, बहिर्गमन सम्झौतालाई छलफलमा ल्याइने छैन र त्यसमा संशोधन पनि हुने छैन तर दुबै पक्षका सरोकारका विषयमा भने छलफल हुन सक्नेछ,” कर्जले भने। 

प्रधानमन्त्री मेले युरोपका तीन देशको भ्रमण गरी त्यहाँका नेताहरुबाट ब्रेक्जिटका बारेमा समर्थन जुटाउने प्रयत्न गरेकी छिन्। युरोपेली आयोगका अध्यक्ष डोनाल्ड टस्कले पनि बेलायती प्रधानमन्त्रीलाई सहयोग गर्ने तत्परता देखाएका छन्, तर उनको एउटा प्रश्न छ, “त्यो कसरी?” 

बेलायतको “आपतकालीन सावधानी”का लागि गरेको आग्रह के हो भनी सोधिएको प्रश्नमा चान्सलर कर्जले भने, “उदाहरणका लागि, बेलायतले चाहेको त्यो आपतकालीन व्यवस्था कहिलेसम्मका लागि हो? त्यो कहिले समाप्त हुन्छ?” 

आयरल्यान्ड युरोपेली युनियनको सदस्य कायमै रहेको अवस्थामा आपतकालीन व्यवस्था हुनैपर्ने धारणा युरोपेली अधिकारीहरुको छ। “ब्रेक्जिटको अन्तिम मिति राख्न अब जरुरी देखिन्न,” एकजना अधिकारीले बताए। एएफपी








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad