१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

आठौं चरणका खेल आजदेखि, सन्तुलित छैनन् ठूला क्लब

काठमाडौं – राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बिहीबारदेखि आठौं चरणका खेल हुँदै छन्। दिनको पहिलो खेलमा न्युरोड टिम (एनआरटी)ले सरस्वती युथ क्लबसँग एन्फा कम्प्लेक्समा सामना गर्दा दोस्रो खेलमा संकटा क्लबले हिमालयन शेर्पासँग एन्फा कम्प्लेक्समै प्रतिस्पर्धा गर्नेछ। यस्तै हलचोकस्थित एपिएफको मैदानमा हुने खेलमा एपिएफले जावलाखेल युथ क्लबसँग तेस्रो खेल खेल्नेछ।

लिगमा एनआरटीले उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मीसँग खोसेको अंकबाहेकका अरू अंक जोड्न सकेको छैन। ७ खेलको समाप्तिमा एनआरटी १ अंकका साथ तालिकाको पुछारमा छ। उता एनआरटीको प्रतिद्वन्द्वी सरस्वती युथ क्लब भने ७ खेलबाट ६ अंकका साथ तालिकाको नवौं स्थानमा छ। यस्तै ७ खेलबाट ११ अंक बनाएको हिमालयन शेर्पा तालिकाको छैटौं स्थानमा छ।

संकटा शीर्ष स्थानको मनाङ मर्स्याङ्दीसँग अंक दूरी घटाउने उद्देश्यका साथ मैदान उत्रँदै छ। उता पछिल्ला दुई खेलमा जित निकालेको विभागीय टोली एपिएफको घरेलु मैदानमा फाइदा उठाउने रणनीति हुनेछ। सातमध्ये पाँच खेलमा नतिजा सुम्पिएको एपिएफको प्रतिद्वन्द्वी जावलाखेल पनि जितको खोजीमा मैदान उत्रिनेछ। ४ अंक मात्र जोड्न सफल जावलाखेल तालिकाको मध्यतिर रहँदै लिग सिध्याउने रणनीति बनाए पनि पछिल्ला खेलमा अप्रत्याशित नतिजा सुम्पिँदै आएको छ।

४९औं खेलको समाप्तिमा अपराजित रहेको मनाङले १–० को जित निकाल्न तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको मच्छिन्द्रसँग निकै नै संघर्ष गर्नुपरेको छ। यसबाट के प्रस्ट हुन्छ भने कुनै पनि टोलीको खेल सन्तुलित छैन र जुनसुकै टोलीसँगको  खेल पनि प्रतिस्पर्धात्मक बनेको छ।

लिगमा सातौं चरणका खेल समाप्त हुँदा कुनै पनि टोलीले सर्वाधिक गोलअन्तरमा नतिजा लिन सकेका छैनन्। सामान्य अन्तरमा बलिया टोलीले जित निकालेका छन्। कमजोर आकलन गरिएका टोलीमाथि पनि बलिया टोलीले संघर्षपूर्ण जित निकालेका छन्।

रेलिगेसन नहुने लिग भए पनि अंक घट्ने प्रावधानले लिगमा रोमाञ्चकता थपेको लिगका निर्देशक सञ्जीव मिश्रले बताए।

‘रेलिगेसन नहुने लिग राम्रो हुँदैन कि भन्ने भ्रमलाई अहिलेसम्मको प्रतिस्पर्धाले चिरेको छ,’ निर्देशक मिश्रले भने, ‘हरेक खेल निकै प्रतिस्पर्धात्मक बनेका छन्। कुनै पनि खेलमा अस्वाभाविक स्कोर भएको छैन। बलिया मानिएका टोलीले पनि कमजोर ठानिएका क्लबसँग संघर्षपूर्ण जित निकालेका छन्।’

सातौं चरणको खेलसम्म आइपुग्दा कुनै पनि टोलीका खेलाडीले ह्याट्रिक गर्न सकेका छैनन्। ४९औं खेलको समाप्तिमा अपराजित रहेको मनाङले १–० को जित निकाल्न तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको मच्छिन्द्रसँग निकै नै संघर्ष गर्नुपरेको छ। यसले के प्रस्ट पार्छ भने कुनै पनि टोलीको खेल सन्तुलित छैन र जुनसुकै टोलीसँगको  खेल पनि प्रतिस्पर्धात्मक बनेको छ।

लिगमा अहिलेसम्म मनाङ र आर्मीले कुनै पनि खेल गुमाएका छैनन्। मनाङ सबै खेलमा स्पष्ट जित निकाल्दै तालिकाको शीर्ष स्थानमा छ। मनाङको ७ खेलबाट २१ अंक छ। यस्तै अर्को अपराजित विभागीय टोली आर्मीले सातमध्ये पाँच खेलमा जित निकाल्दा दुई खेलमा अंक बाँडेको छ। आर्मी १७ अंकका साथ तालिकाको चौथो स्थानमा छ। चिर परिचित प्रतिद्वन्द्वी मनाङ मर्स्याङ्दीसँग मात्र पराजित भएको थ्री स्टार १८ अंकका साथ दोस्रो स्थानमा छ। समान १८ अंक भएको संकटा थ्री स्टारसँगको गोल अन्तरले पछि पर्दै तेस्रो स्थानमा छ। संकटा आर्मीसँग मात्र ५–१ ले पराजित भएको थियो।

लिगमा थ्री स्टारका रञ्जित धिमाल सर्वाधिक गोलकर्ताको सूचीमा पहिलो नम्बरमा छन्। रञ्जितले ६ गोल गर्दै शीर्ष स्थानमा नाम लेखाउँदा मनाङका खेलाडीद्वय अञ्जन विष्ट र आफिज ओलावाले ५–५ गोल गर्दै क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। यस्तै थ्री स्टारका रञ्जन विष्ट ४ गोल गर्दै चौथो स्थानमा छन्।

लिगमा अहिलेसम्म १ सय ३४ पहेंलो कार्डको प्रयोग भएको छ। जसमा चार खेलाडीले तीनओटा पहेंलो कार्ड, २१ ले दुईवटा दोहोरो कार्डको सामना गरेका छन्। अन्य ८० खेलाडीले एउटा पहेंलो कार्डको दर्शन गरेका छन्। यस्तै तीन खेलाडीले रातो कार्डको सामना गरेका छन्। एपिएफका विश्वास उदास, संकटाका एलोन म्याक्सवेल र जावलाखेलका कुलदीप कार्कीले रातो कार्डको सामना गरेका छन्।

प्रकाशित: २७ मंसिर २०७५ ०४:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App