१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

'समुदाय समक्ष अदालत'

पाल्पा- जिल्ला अदालतका न्यायाधीशसहितको टोली आफ्नै गाउँघरमा आएर न्याय लिन अदालत आउन आग्रह गरेपछि माथगढी गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय उत्साहित भएका छन्। गाउँमा ‘समुदाय समक्ष अदालत’ कार्यक्रम लिएर जिल्ला न्यायाधीश सहितको टोली गाउँगाउँमा पुगेका हुन्।

जिल्ला न्यायाधीश शंकरराज बरालले अदालतले प्रदान गर्ने सबै सेवा सुविधा र कानूनी चेतना समुदायमा सिकाउँदै आँफै बस्तिबस्तिमा पसेका हुन्। उनले गाउँमा समेत न्यायसम्पादन हुन थालेको भन्दै चेतनाको अभावमा कोही व्यक्ति पनि समस्यामा पर्न नहुने बताए। अदालतका स्रेस्तेदार कृष्ण मुरारी सिग्देलले जनतासँग निकट हुँदै जनतामा अदालतप्रतिको आस्था र विश्वास बढाउन जनताको घरदैलो आएको बताए। उनी भन्छन्, ‘अदालत भन्ने बित्तिकै जनता त्रसित हुने गर्दथे। न्याय प्राप्त गर्ने स्थानको डर तथा त्रास हटाउन बस्ति तथा गाउँका जनतासमक्ष अदालत पुग्न थालेको हो।’

सर्वसाधारण जनता अदालत जान डराउने गरेको न्यायाधीशसमक्ष गुनासो गरेको माथागढीकी न्यायीक समिति संयोजक निर्मला भट्टराईले बताईन्। ‘धेरैले बालविवाह, बहुविवाह, नाताप्रमाणित, मोहीको समस्या, ऐलानी जग्गामा सुरक्षित बासस्थानका समस्या भोगिरहेका छने, उनले भनिन्, अदालतको प्रक्रिया लामो तथा झण्झटिलो हुन्छ भनेर जनता समस्या लिएरै जीवन गुजार्ने गरेका छन्।’ पहिलोपटक गाउँ आएको न्यायाधीश सहितको टोलीलाई स्थानीयवासीले न्याय र कानुनसम्बन्धी विभिन्न जिज्ञासा राखेको माथागढी गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरले बताए।

 

प्रकाशित: २५ मंसिर २०७५ ०८:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App