१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कुश्मामा ५० शैयाकाे अस्पताल भवन निर्माण सुरु

पर्वत - पर्वत जिल्ला अस्पतालमा ५० शैयाको अत्याधुनिक भवन निर्माण सुरु भएको छ। सोमबार राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त भवनको शिलान्यास गरेका हुन्। जिल्ला अस्पतालको नयाँ भवन २१ करोड १३ लाख ६२ हजार नौ सय ३९ रुपैयाँको लागतमा निर्माण हुन लागेको हो। ५० शैया र अत्याधुनिक सुविधा सहितको भवन ३० महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको छ।

हालसम्म पर्वत अस्पताल दशकौं अघि निर्माण भएका जिर्ण भवनमा सञ्चालन हुँदै आएको छ। श्याम सुन्दर/गोर्खा जे.भी.ले ०७७ पुस २७ गतेसम्म नयाँ भवन निर्माण गरिसक्नुपर्ने समय तोकिएको छ। शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई कास्की मार्फत निर्माण हुन लागेको भवन समयमै सम्पन्न हुनुपर्ने जिल्लाबासीको माग रहेको छ।

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले योजनाको काम समयमै सम्पन्न हुनुपर्ने बताए। उनले समयमा योजनाको निर्माण कार्य पुरा नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्नसमेत आग्रह गरे। ठेक्का लगाएपछि काम अलपत्र छाड्ने क्रम बढेको भन्दै उनले समयमा काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्नैपर्ने बताए।

 

प्रकाशित: २४ मंसिर २०७५ १२:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App