तत्काल बैंक ग्यारेन्टी जफत नगर्न आदेश

आइतबार, २३ मङि्सर २०७५, १४ : २५ नागरिक संवाददाता

नेपालगन्ज – कोस्टाल पप्पु कन्स्ट्रक्सन कम्पनीको बैंक ग्यारेन्टी तत्कालका लागि जफत नगर्न र कालो सूचीमा नराख्न अदालतले सिक्टा सिँचाइ आयोजनालाई अन्तरिम आदेश दिएको छ। उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले मुद्दाको टुंगो नलाग्दा सम्मका लागि यस्तो आदेश दिएको हो। 

कम्पनीका तर्फबाट सुमित रौनियारले दर्ता गरेको रिट निवेदनको सुनुवाई गर्दै अदालतका न्यायाधीश विष्णुप्रसाद पौडेल र ऋषिप्रसाद अधिकारीको संयुक्त इजलासले आदेश दिएको हो। सिक्टा सिँचाइ आयोजनाले डुडुवा शाखा नहर निर्माणका लागि पप्पुसँग २०७३ असार ६ गते ठेक्का सम्झौता गरेको थियो। ठेकेदारले समयमा काम सम्पन्न नगरेको भन्दै आयोजना कार्यालय केही समयअघि ठेक्का तोडेर कालो सूचीमा राखेको थियो।

सरकारले आफ्नो सात करोड बराबरको बैंक ज्ञारेन्टीसमेत जफत गर्न लागेको अवस्थामा अदालतले ठेक्का सम्झौता बमोजिम विवादको निरुपण गर्न असजिलो पार्ने, प्रभावमा पार्ने गरी कुनै कार्य नगर्न, नगराउन आदेश दिएको बताइएको छ। पप्पुले डुडुवा शाखा नहर निर्माणका लागि २८ महिनाको समय पाएको थियो।

करिब २३.२ किलोमिटर लामो डुुडुवा शाखा नहर बनाउन सिँचाइ विभागले ९८ करोड रुपैयाँमा पप्पुसँग सम्झौता गरेको थियो। तर, ठेकेदार कम्पनीले भने उक्त नहरको काम सात प्रतिशत मात्रै गरेको थियो। सिक्टा सिँचाइ आयोजना कार्यालयलाई विपक्षी बनाएर दर्ता गरिएको उक्त मुद्दामा निवेदक पप्पु कन्स्ट्रक्सन कम्पनीको पक्षमा आधा दर्जनभन्दा बढी वरिष्ठ अधिवक्ता तथा अधिवक्ताले बहस गरेका थिए। ‘यो मुद्दाको टुंगो नलाग्दासम्मका लागि मात्रै गरिएको आदेश हो,’ एक कानुन ब्यवसायीले नागरिकसँग भने, ‘पछि अदालतले जस्तो आदेश गर्छ, त्यही बमोजिम ठहरिनेछ।’







यसमा तपाईको मत


अन्य समाचार

टिभीमा पनि भाइरस ?

टिभीमा पनि भाइरस ?

सामसंगले हालै आफ्नो ट्वीटर अकाउन्टमा सामसंग टिभीमा भाइरस लाग्न नदिन के के गर्ने भन्ने कुराको जानकारी प्रदान गरेपछि टिभीमा पनि...

हुण्डाई मनसुन योजना

हुण्डाई मनसुन योजना

हुण्डाई मोटर्सकालागि नेपालको आधिकारिक विक्रेतालक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले मनसुन लक्षित आकर्षक योजनाहुण्डाई मनसुन डिलाइट सार्वजनिक गरेको छ । ...

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्ध पछि हुवावेको आम्दानी ३० अर्ब अमेरिकी डलर कम हुने ...

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले  शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले बृहत शैक्षिक मेला आयोजना गर्ने परम्परालाई निरन्तरता दिंदै यस वर्ष १३ औं संस्करण भव्यताका...

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा  खड्का, जो शोमा प्रभावशाली प्रस्तुतकर्ता (शोस्टपर) थिइन, उनले र्‍याम्पमा  हिड्दा ग्लामरको हिस्सानै बद्लिनमा आफ्नो भूमिका निभाइन ।

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ग्राहक वर्गको हितलाई दृष्टिगत गर्दै  TVS Stryker मेला मा आउनुहोस सुपर...

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्ने  बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ लाई डिस मिडिया नेटवर्क लिमिटेडले...

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बीरेन्द्रनगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखा संचालनमा ल्याएको छ । ...