१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

‘पाकिस्तानी ब्याटिङमा सुधार जरुरी’

अबुधाबी – न्युजिल्यान्डसँग घरेलु मैदानमा ४९ वर्षपछि टेस्ट शृंखलामा पराजय भोगेसँगै पाकिस्तानका प्रशिक्षक मिक्की अर्थरले आफ्नो खेलाडीको ब्याटिङमा सुधार ल्याउनुपर्ने जरुरी भइसकेको बताएका छन्।

न्युजिल्यान्डले शुक्रबार उत्कृष्ट पुनरागमन गर्दै तेस्रो तथा अन्तिम टेस्टमा १ सय २३ रनको जित निकालेपछि पाकिस्तानविरुद्धको टेस्ट शृंखलामा जितको पर्खाई पूरा गरेको थियो। तीन खेलको शृंखलामा न्युजिल्यान्डले २–१ को जित निकालेको थियो।

पहिलो टेस्टको पहिलो पारीमा न्युजिल्यान्डलाई १ सय ५३ रनमा अलआउट गरे पनि खराब ब्याटिङको सामना गरेको पाकिस्तानले चार रनको हार बेहोरेको थियो। तर, दुबईमा भएको दोस्रो टेस्टमा पाकिस्तानले एक इनिङ र चार रनको फराकिलो जित निकाल्दै शृंखला बराबरी गरेको थियो।

अन्तिम टेस्टमा पनि पहिलो इनिङमा राम्रो सुरुआत गरेको पाकिस्तानले लयलाई निरन्तरता दिन नसक्दा हार बेहो¥यो। पहिलो इनिङको समाप्तिमा पाकिस्तानले ७४ रनको अग्रता बनाएको थियो। तर, लयलाई निरन्तरता दिन नसक्दा पाकिस्तानले निर्णायक टेस्टमा फराकिलो हार बेहोर्यो।

‘आफ्नो हातमा आइसकेको परिस्थितिलाई सदुपयोग गर्न सकेनौं। खेल हाम्रो पकडमा थियो। तर, हामीले अवसर चुकायौं,’ पाकिस्तानका प्रशिक्षक अर्थरले भने, ‘हामी शृंखला जितेर सुखद अन्त्य गर्न चाहन्थ्यौं। यद्यपि परिस्थिति निराशाजनक रह्यो।’

पाकिस्तानले पहिलो र तेस्रो टेस्टमा उत्कृष्ट अग्रतालाई सदुपयोग गर्न नजानेको अर्थरले दाबी गरे। उनले भने, ‘युएईमा हामीले अन्तिम दिनको ब्याटिङ हेयौं। जुन निकै खराब छन्।’ अन्तिम दिन नै पाकिस्तानले दश विकेट नै गुमाएको थियो।

पहिलो टेस्टमा पनि अन्तिम दिन पाकिस्तानले दश विकेट नै गुमाएको थियो। सन् २०१६ मा अर्थर प्रशिक्षक भएपछि पाकिस्तानले छ पटकसम्म अन्तिम दिन दश विकेट गुमाइसकेको छ। पाकिस्तानले सन् २०१६ मै अबुधाबीमा श्रीलंकासँग एक पटक र न्युजिल्यान्डसँग दुई पटक खराब रेकर्ड बनाएको थियो।

अर्थरले दुई सिनियर ब्याट्सम्यान अजहर अली र असाद सफिकलाई सजग रहन निर्देशन गरेको उल्लेख गरेका थिए। उनले भने, ‘उनीहरू उत्कृष्ट खेलाडी हुन्। उनीहरूकै मिहिनेतले पाकिस्तानले कयौं पटक जितेको छ।’

उनले थपे,‘ उनीहरुलाई उत्ृकष्ट खेलाडी हुन्। तर, कयौं पटक उनीहरूले समय परिस्थति पनि बुझ्न सक्दैनन्। त्यसैले अझै उनीहरू पछि परेका छन्।’ अर्थरले दक्षिण अफ्रिकामा पाकिस्तानले राम्रो गर्ने विश्वास व्यक्त गरेका छन्। तीन खेलको शृंखला सेन्चुरियनमा आगामी २६ डिसेम्बरदेखि सुरु हुनेछ।

प्रकाशित: २३ मंसिर २०७५ ०४:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App