१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

रिक्सन श्रीलंकाली फिल्डिङ प्रशिक्षक

कोलम्बो – अस्ट्रेलियाका पूर्वक्रिकेटर स्टिभ रिक्सनलाई श्रीलंकाले फिल्डिङ प्रशिक्षकका रूपमा नियुक्त गर्ने शनिबार जनाएको छ। पछिल्लो समय श्रीलंकन टोलीमा देखिएको फिल्डिङे समस्या हल गर्नका लागि श्रीलंकाले अस्ट्रेलियन पूर्वक्रिकेटरलाई फिल्डिङ प्रशिक्षक नियुक्त गर्न लागेको हो। अर्को वर्ष आयोजना हुने विश्वकपलाई मध्यनजर राख्दै श्रीलंकाले फिल्डिङ प्रशिक्षक नियुक्त गर्न लागेको जनाएको छ।

६४ वर्षीय प्रशिक्षक रिक्सनसँग एक वर्षका लागि यसै महिना सम्झौतापत्रमा हस्ताक्षर हुनेछ। सम्झौतालगत्तै रिक्सन न्युजिल्यान्डसँगको खेलमा संलग्न हुनेछन्। श्रीलंककाले १५ डिसेम्बरदेखि न्युजिल्यान्डसँग दुई टेस्ट, एउटा एकदिवसीय र एक ट्वान्टी–२० प्रतियोगिता खेल्दै छ। यस्तै श्रीलंकाले जनवरी २४ देखि अस्ट्रेलियासँग दुई टेस्ट पनि खेल्दै छ।

‘स्टिभ रिक्सनलाई फिल्डिङ प्रशिक्षकका रूपमा पाउँदा हामी निकौ खुसी भएका छौं,’ श्रीलंक क्रिकेट संघका प्रमुख कार्यकारी अधिकृत अस्ले डी सिल्भाले भने, ‘म विश्वस्त छु, उनको प्रशिक्षणमा हाम्रो टोलीले कमजोर फिल्डिङ पक्षलाई सुधार गर्नेछ। खेलमा फिल्डिङ निकै महत्वपूर्ण पक्ष हो।’

साथै प्रमुख कार्यकारी अधिकृत सिल्भाले रिक्सनले टोलीलाई २०१९ को विश्वकपसम्म टोलीलाई सम्हाल्ने जानकारी दिए। योसँगै टोलीमा देखिएको फिल्डिङको समस्या हट्ने हामीले अपेक्षा लिएका छौं।

श्रीलंकाली टोलीका बलिङ प्रशिक्षक नुवान जोयसालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले गत अक्टोबरमा प्रतिबन्ध लगाएको छ। उनलाई आइसिसीले म्याच फिक्सिङ र भ्रष्टाचारको आरोप लगाउँदै प्रतिबन्ध लगाएको थियो।

यसअघि पूर्वखेलाडी, छनोटकर्ता तथा पूर्वकप्तान सनथ जयसूर्यालाई पनि म्याच फिक्सिङ र भ्रष्टाचारमा संलग्न भएको भन्दै आइसिसीले नै कारबाही सुनाएको थियो।

प्रकाशित: २३ मंसिर २०७५ ०४:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App