१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

आमिरसँग काम गर्न दीपिकाले मानिनन्, अन्यौलमा ‘महाभारत’

मुम्बई– बलिउड अभिनेत्री दीपिका पादुकोणले मिस्टर पर्फेक्शनिस्ट आमिर खानसँग काम गर्न अस्वीकार गरेकी छिन्। ‘ठग्स अफ हिन्दोस्तान’को असफलतापछि नयाँ प्रोजेक्ट ‘महाभारत’ सिरिजको तयारीमा रहेका आमिरले दीपिकालाई काम गर्नका लागि प्रस्ताव गरेका थिए। महाभारतमा दीपिकालाई द्रौपदी रोलमा प्रस्ताव गरिएको थियो। तर उनले आमिरलाई काम गर्न नसक्ने जवाफ दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

आमिर र दीपिकाले आजसम्म सँगै काम गरेका छैनन्। दर्शकले महाभारतमा आमिर–दीपिकाको जोडी देख्न पाउने आशा व्यक्त गरेका थिए। तर दीपिकाले अस्वीकार गरेसँगै यो सम्भावना पनि सकिएको छ। 

आमिरले महाभारत सिरिजलाई ८ भागसम्म निर्माण गर्ने योजना बनाएका छन्। ठग्स अफ हिन्दोस्तानमा अमिताभ बच्चनसँग पहिलोपटक पर्दामा काम गरेपनि आमिरलाई फापेन। अमिताभसँगको स्क्रिन शेयर आमिरका लागि अनपेक्षित रह्यो। फिल्म नै फ्लप रह्यो। 

उता दीपिका भने अभिनेता रणवीर सिंहसँग वैवाहिक बन्धन बाँधिएकी छिन्। उनी अहिले परिवारसँग छुट्टी मनाइरहेकी छिन्। उनको आगामी फिल्म (मेघना गुलजार)को शुटिंग २०१९ मार्चबाट सुरु हुनेछ।

प्रकाशित: २१ मंसिर २०७५ ११:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App