१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मर्केलले पार्टीको नेतृत्व त्यागिन्, नयाँ नेतृत्वका लागि शुक्रबार चुनाव

तस्बिर : एजेन्सी

जर्मनी - जर्मन चान्सलर एन्जेला मर्केलले १८ वर्षपछि पार्टीकाे नेतृत्व त्यागेकाे घाेषणा गरेकी छन्। मर्केलले पार्टीकाे नेतृत्व त्यागेपनि चान्सलर पदमा भने सन् २०२१ सम्म रहने घाेषणा गरेकी छन्।

६४ वर्षीया मर्केलले १८ वर्षपछि क्रिस्चियन डेमोक्रेटिक युनियन (सिडियु) काे अध्यक्षता छाेडेपछि नयाँ नेतृत्वका लागि शुक्रबार चुनाव हुने भएकाे छ। पार्टी नेतृत्वका लागि मर्केलका अनुयायी र लामो समयदेखिका उनका आलोचकबीच प्रतिस्पर्धा हुँदैछ। अध्यक्ष पदका लागि हुने चुनावमा १ हजार १ जनाकाे सहभागिता रहने बताइएकाे छ। निर्वाचित अध्यक्षले पार्टीलार्इ सन् २०२१ सम्मकाे निर्वाचन सम्म नेतृत्व गर्ने बुझिएकाे छ। आप्रवासी र शरणार्थीका बारेमा नरम नीति अख्तियार गरेको भनी आलोचनाका साथै सोही कारण पछिल्ला समयमा भइरहेका चुनावमा पराजय भएसँगै मर्केलमाथि सीडीयूकाे नेतृत्व छाड्ने दबाब बढेको थियाे। “१८ वर्षसम्म पार्टीको अध्यक्षता गर्न पाएकामा मलाई गर्व लागेको छ। यो निकै लामो अवधि हो, र यसबीचमा सीडीयूमा धेरै उतारचढाव आएको छ।” ह्यामबर्गमा आयोजित पार्टी भेलाका क्रममा पत्रकारहरुसँग कुरा गर्दै मर्केलले बताइन्।

प्रकाशित: २१ मंसिर २०७५ ०७:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App