१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

हाफिजद्वारा टेस्टबाट संन्यास

अबुधावी – पाकिस्तानी क्रिकेटर मोहम्मद हाफिजले मंगलबार टेस्ट क्रिकेटबाट संन्यास घोषणा गरेका छन्। न्युजिल्यान्डविरुद्धको अन्तिम तथा तेस्रो टेस्ट खेलेपछि हाफिजले संन्यासको घोषणा गरेका हुन्।

यसअघि अस्ट्रेलियाविरुद्ध शतक प्रहार गरेका हाफिजले त्यसपछिका सात इनिङमा मात्र ६६ रन जोडेका छन्। न्युजिल्यान्डविरुद्धको तेस्रो टेस्टको पहिलो इनिङमा हाफिज शून्यमा पवेलियन फर्किएका थिए।

३८ वर्षे हाफिजले सन् २००३ मा बंगलादेशविरुद्ध कराचीमा टेस्ट शृंखलामा डेब्यु गरेका थिए। हाफिजले खेलजीवनमा ३ हजार ६ सय ४४ रन बनाएका छन् भने १० शतक र १२ अर्धशतक प्रहार गरेका छन्।

‘खेलजीवनबाट विश्राम लिने समय भयो,’ हाफिजले भने, ‘मैले क्रिकेट करियरमा धेरै संघर्ष गर्दै पाकिस्तान क्रिकेटलाई योगदान दिने प्रयास गरें। आज संन्यासको घोषणा गर्दा म निकै खुसी र भावुक पनि बनेको छु।’

प्रकाशित: १८ मंसिर २०७५ २३:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App