१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नाइजेरियामा नयाँ राष्ट्रपतिका लागि ७३ उम्मेदवार

नाइजेरिया - नाइजेरियामा नयाँ राष्ट्रपतिका लागि ७३ जना उम्मेदवारहरु चुनावी मैदानमा देखिएका छन्। निर्वाचन आयोगले शुक्रबार दिएको जानकारी अनुसार आउदो फेब्रुअरी महिनामा हुने राष्ट्रपतीय निर्वाचनका लागि ७३ जना उम्मेदवारकाे नामावली दर्ता भएकाे छ।

स्वतन्त्र राष्ट्रिय निर्वाचन आयोगका अध्यक्ष महमुद याकुबुले राष्ट्रपति पदका लागि ७३ ओटा पार्टीले उम्मेदवारी दर्ता गरेको जानकारी दिए। नाइजेरियामा अहिले मुहम्मद बुहारी राष्ट्रपति रहेका छन्। त्यसैगरी राष्ट्रिय संसदका लागि एक हजार ८४८ जना उम्मेदवार छन्, ती मध्ये एक हजार ६१५ जना पुरुष र २३३ जना महिला रहेका छन्। आयोगका अध्यक्ष याकुबले निर्वाचन स्वतन्त्र, निश्पक्ष र विश्वसनीय बनाउने प्रतिवद्धता व्यक्त गर्दै सहयोगका लागि आह्वान समेत गरेका छन्।

प्रकाशित: १५ मंसिर २०७५ १०:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App