१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ट्रिपर चालकलाई सडकमै ट्राफिक सचेतना कक्षा

उदयपुर - उदयपुर ट्राफिकले ट्रिपर चालकलाई भेला गर्दै सचेतना कक्षा दिन थालेको छ। ट्रिपर दुर्घटनाले मान्छेको ज्यान लिनुका साथै घाइतेकाे संख्या बढ्दै जान थालेपछि दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले चालक र सहचालकलाई ट्राफिक सचेतना कक्षा सञ्चालन गर्न थालिएको हो।

ट्रिपर दुर्घटनामा परी पछिल्लो १ महिनामा उदयपुरमा २ जनाको मृत्यु हुनुका साथै ५० हाराहारीमा घाइते भएपछि दुर्घटना कम गर्न सचेतना कक्षा सञ्चालन गरिएकाे जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। ‘जताततै दुर्घटनामा मान्छे मर्न थाले, त्यसमाथि अधिकांश ट्रिपरको कारण’ जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले भने ‘त्यसैले दुर्घटना घटाउने तथा मानव क्षति रोक्ने उद्देश्यले ट्राफिक सचेतना कार्य थालेका हौं।’

सचेतना कार्यक्रम अन्तर्गत ट्राफिक पोष्ट कटारी आसपास स्थानीय रुटमा चल्ने ८० ट्रिपरका चालक र सहचालकलाई बेग्लाबेग्लै भेला गराई ३ घण्टे सचेतना कक्षा सञ्चाचलन गरिएकाे छ। स्थानीय बसपार्कमा भेला भएका चालक सहचालकलाई ट्राफिक नियम, कानुनी ज्ञान र मानवीय संबेदनाबारे कक्षा दिइएको छ। त्यसैगरी तिब्र गतिमा नहाँक्न, क्षमताभन्दा बढी भार नबोक्न, यात्रु नचढाउन र दुर्घटना हुनबाट सँधै सचेत रहन ओभरटेक नगर्न चालकहरुलाई प्रशिक्षण दिइएको कटारी पोष्ट इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) डिबी दियालीले जानकारी दिए।

 

प्रकाशित: १५ मंसिर २०७५ ०८:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App