पुस्तक चर्चा

विनिमयको बजारमा प्रेम

शनिबार, १५ मङि्सर २०७५, ०९ : ५१ सुभद्रा ढकाल

चलचित्रकर्मी सबु सुवदीले यथार्थपरक उपन्यास लेखेकी छिन्– ‘मन्जुषा’। चरित्रमा केन्द्रित रहेर लेखिएको उपन्यासमा फरक किसिमको भाषाशैली र विषय छ। गाउँकी सामान्य नारी डेढ घण्टा लगाएर बोर्डिङ स्कुल पढाउन जानुपर्ने बाध्यता छ। मन्जुषाको बाध्यता र विवशताको कथाबाट उपन्यास उठान भएको छ।

उपन्यासमा प्रेम हुन्छ, धोका हुन्छ। पुनः अर्को चरण आउँछ फेरि सहज र स्वभाविक लाग्ने प्रेमकहानीको सुरुवात हुन्छ। कतै सुखान्त मोड आउँछ कि भन्ने आशा लाग्दालाग्दै क्रमशः पाँच वटै प्रेम विफल हुन्छन्। कथाभित्र बेग्लाबेल्लै ६ उपकथा छन्। जीवनलाई सरल र सहज बनाउन गरिएका सबै प्रेम असफल भएपछि उसले कठोरताका साथ जीवनको अन्तिम निर्णय गरेकी छे।

समाजमा कतिपय नारीहरूले आफ्नो प्रेमका कुरा गोप्य राख्छन्। मञ्जुषाले ती रहस्यलाई साहसका साथ खोलेकी छिन्। यो आजका युवाको आफ्नै व्यथा हो।

उपन्यासले अधिंकाश पुरुषको स्वभाव र विचार उजागर गरेको छ। आफूलाई सहज रहुन्जेल प्रेम गर्ने तर असहज अवस्था सिर्जना हुनेबित्तिकै प्रेम प्रतिको धर्म चटक्कै विर्सने पुरुष मानसिकतालाई कलात्मक किसिमले देखाउन खोजेकी छन्।

प्रस्तुत कथा अवलोकन गर्दा, सामान्य परिवारकी केटीलाई केही बढी पारिश्रमिक दिने बहानामा विनोदले भतिजका लागि होम टुय्सन पढाइदिने प्रस्ताव गर्छ। धनाढ्यको छोरो विनोद मन्जुषासँग नजिक हुन्छ। गरिबीमाथि दया देखाएर उसको चोखो जवानी लुट्न सफल हुन्छ। आधुनिक प्रेमको खोल ओढेको विनोद र उसका परिवारले आर्थिक अहङ्कारले मञ्जुषाका लागि घरको ढोका बन्द गरिदिन्छन्। त्यसपछि ऊ पटक–पटक दुखेकी छे। प्रेमको नाममा टुक्रिएकी छे। यो मन्जुषा जस्तै आम नेपाली केटीको बाध्यतापूर्ण विवशताको कथा हो।

उसलाई थाहा थियो– प्रेम आगो हो, पोल्छ र आफू खरानी बनेर सकिनुपर्छ। तर, पनि उसले क्रमशः सिद्धार्थ, गौरव, राजु र निगमसँग प्रेमको नाटकमा पटकपटक फसेकी छे र आफ्ना सबै कुरा गुमाएकी छे। विवशताको दलदलमा भासिएकी छे।

प्रेम पवित्र बन्धन हो, दुई आत्माको सम्झौता। बजारिया प्रेम व्यापार मात्र हो। पढ्दै जाँदा मन्जुषाप्रति असीम माया पलाउँछ। उसले ज्यानभन्दा बढी प्यार गरेका मान्छेसमेत आफ्नो रहँदैन। मन्जुषा जिन्दगीका हरेक रहरलाई बन्धकीमा राखेर प्रेमको युद्व मैदानमा उत्रिएकी छे। विनोद, सिद्धार्थ, गौरव, राजु र निगमलाई ललकारेकी छ। धिक्कारेकी छ। मानिस, परिवेश र सोचाइ फरक भए पनि हरेक युवकका व्यवहार उसलाई उस्तैउस्तै लाग्छन्। उपन्यासका अंशमा उसका विचार छरिएका छन्। सतर्क रहँदारहँदै पनि उही आगोमा जल्नपुग्नु बिडम्बना हो।

वर्तमानलाई उपभोक्तावादी संस्कृतिले गाँजेको छ। प्रत्येक आँखामा वस्तु विनिमय र व्यावसायिक चस्मा देखिन्छ। दुनियाँ स्वार्थको जरामा अडिएको छ। मानवीय अस्तित्व, मूल्य र मान्यतालाई बिर्सेको समाजबाट मन्जुषाले चोखो प्रेमवापत पीडा, वेदना र तिरस्कार मात्र उपहार पाएकी छे। उपन्यासले आम युवतीका पीडाको प्रतिविम्बन गरेको छ।

उपन्यासमा जिन्दगीका केही सुखद क्षणहरू, छोटो समयमा भएको लामो प्रेम कहानी, बौद्धिकता, प्रेमप्रतिको नयाँ दृष्टिकोण, राजनीतिक पीडा र यौवनका विषयबस्तुलाई सजाइएको छ। नारीको चाहना हुन्छ कि मन बुझेर माया गर्ने लोग्ने होस्, फूलजस्ता छोराछोरी हुन्। ती कुरा मञ्जुषाका कल्पनामा मात्र सीमित छन्। ऊ समाजकी सभ्य, सालीन र साहसी केटी। उसले स्याबासीभन्दा तिरस्कार पाई। मायाका नाममा कुण्ठा भेटी। उमेरको एउटा हद पार हुनलाग्दा बल्ल उसले संसार, समाज र जीवनलाई चिनी।

आफूले देखेका सुन्दर सपनाबाट विमुख हुँदा पनि उसले आत्महत्याको योजना बनाएकी छैन। दुःखलाई भुलेर अर्को क्षितिजको खोजीमा रुमलिएकी छ। एउटी सामान्य नारी भएर परिवारप्रतिको दायित्व बहन गर्दै अगाडि बढेकीले उसलाई सभ्य, शिष्ट र सालीन नारीका रूपमा लिन सकिन्छ। ऊ साहसी र संघर्षपूर्ण जीवन बाँचेकी छे। यो नै आमलोग्ने मान्छे र उसका प्रेमीप्रति खुला चुनौतीपूर्ण अभ्यासको सन्देश हो।

हरेक मानिसलाई भोगाइका अनुभवले सचेत मात्र होइन, बलियो र कठोर पनि बनाउँछ। यहाँ साँचो प्रेमका नाटक गर्नेहरूको खिल्ली उडाइएको एउटा पाटो छ भने सच्चा मानिएको प्रेमले पनि धरधर रुवाएको परिदृश्यले पाठकलाई मञ्जुषाकै धरातलमा पु-याइदिन्छ।

कतिपय नारीहरूले आफ्नो प्रेमवारेका गोपनीयता लुकाउँछन्। मञ्जुषाले ती रहस्यलाई साहसका साथ खोलेकी छिन्। उपन्यास पढ्दा यस्तो लाग्छ, यो आजका युवाको आफ्नै व्यथा हो।

हरेक कुरामा मन्जुषा सक्षम र सफल नारी हो। तर, प्रेमको मामलामा ऊ पटक–पटक हारेकी छे। आफ्ना प्रगतिको स्वर्णिम दिनहरू उसको पीडा र छट्पटीपूर्ण किसिमले बितेका छन्। उपन्यासमा मञ्जुषा एकजना मात्र नभएर पाँच जना केटाहरूबाट अस्वीकृत हुनुमा उसमा पनि कुनै किसिमको कमजोरी पो थिए कि ? भन्ने प्रश्न सहज उठ्छ। केटाहरूको ऊ प्रतिको धारणा के थियो त ? कि वासना र केही समय प्रयोगका लागि मात्र उनीहरूले प्रेम गरेका थिए त ? मञ्जुषाले स्वमूल्यांकन गरेको भए उपन्यास अझ सुन्दर हुने थियो।

जे होस्, पाठकले जब उपन्यास पढ्छ, ठाउँठाउँमा उसलाई आफ्नै कथा पो हो कि भन्ने लाग्छ। समाजले अविवाहित केटी र केटाको सम्बन्ध स्विकार्न सक्दैन। मञ्जुषाले गर्वका साथ भनेकी छ– मैले पाँच जनासँग प्रेम गरेँ।

प्रेमसम्बन्ध टुटेका अवस्थामा नारीले कस्तो निर्णय गरेर अघि बढ्नुपर्छ भन्ने महŒवपूर्ण सन्देश उपन्यासले दिएको छ।







यसमा तपाईको मत


अन्य समाचार

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

तपाईंले कुन प्रायोजनका लागि कम्प्युटर खरिद गर्दै हुनुहुन्छ, सो कुराले नै तपाईंलाई कति जीबी र्याम चाहिन्छ भन्ने कुरा निर्धारण गर्छ...

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

रिभ्युका लागि पठाईएको ग्यालेक्सी स्मार्टफोन १ दिन कै प्रयोगमा बिग्रिएको छ ...

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

यस अपडेटमा माइक्रोसफ्टले थुप्रै नयाँ र आकर्षक फिचरहरु थपेको छ ...

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरको डार्क मोडलाई सेटिंगबाटै सोझै सुचारु गर्न मिल्ने ...

PUBG ( पब्जी ) खेलको विकल्पहरू

PUBG ( पब्जी ) खेलको विकल्पहरू

एन्ड्रोइड र आइफोनमा उपलब्ध पब्जी खेलका विकल्पहरू ...

सामसंग जे सिरिजको अन्त्य

सामसंग जे सिरिजको अन्त्य

उक्त जे सिरिजको स्थानमा सामसँगका मिडरेज स्मार्टफोनहरू ए सिरिज भएर रिलिज हुनेछन् । ...

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

माइक्रोसफ्टको मोबाइल अपरेटिंग सिस्टम विन्डोज फोनका लागि विश्व कै सबैभन्दा प्रचलित सामाजिक संजालहरू नचल्ने भएको छ । ...

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गर्दा ख्याल गर्नु पर्ने कुराहरू ...

Ncell Footer Ad