१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

धान उत्पादनमा वृद्धि

वीरगन्ज - पर्सामा यो वर्ष धानको उत्पादन बढेकाे छ। गत वर्षको तुलनामा ९.१२ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको हाे। यो बर्ष जिल्लामा ४५ हजार हेक्टर क्षेत्रमा गरिएको धान खेतिमा औसत ५.०५ मेट्रिक टन प्रति हेक्टरको दरमा धान उत्पादन भएको कृषी ज्ञान केन्द्र पर्साका प्रमुख डा. रामचन्द्र यादवले बताए।

आकाशे पानीको भरमा धेरैजसो क्षेत्रमा खेति हुने गरेकोले अघिल्लो बर्ष मौसमले साथ नदिदा धान उत्पादन प्रति हेक्टर ४.४ मेट्रिक टन मात्र थियो। ‘रोपाईदेखी विचविचमा बर्षा भइराख्यो, बाढी आएन र खडेरी पनि भएन,’ यादवले भने, ‘मौसमले यसपाली धान खेतिलाई साथ दियो भन्नु पर्यो। यो वर्ष धान उत्पादन राम्रो भयो।’ उनका अनुसार अघिल्लो वर्ष समग्रमा पर्सामा करिब २ लाख ८ हजार २ सय ४० मेट्रिक टन धान उत्पादन भएको थियो भने यो वर्ष २ लाख २७ हजार २ सय ५० मेट्रिक टन धान उत्पादन भएको छ।

धान लगाइने क्षेत्रफल भने याे वर्ष घटेको छ। यो वर्ष जिल्लामा ४५ हजार हेक्टर क्षेत्रमा धान खेति भएकोमा अघिल्लो वर्ष ४५ हजार ३ सय ५० हेक्टर क्षेत्रमा धानखेति भएको थियो।

प्रकाशित: १३ मंसिर २०७५ ११:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App